कञ्चनपुर ,असोज २७ । कञ्चनपुरको महेन्द्रनगरमा कपडा बैँक सञ्चलनमा आएको छ । विश्व महामारी कोरोनाका कारणले बन्द रहेको कपडा बैंक शनिवारबाट लायन्स क्लब अफ महाकाली महेन्द्रनगरले जिल्लाको महेन्द्रनगर स्थित भगतपुरमा संचालनमा ल्याएको हो ।
गरीब तथा बेसहारा नागरिकले आबस्यकता अनुसार कपडा लैजान सक्ने र आफुसंग भएका कपडाहरु दिन सक्ने प्रावधान रहेको लाईन्स क्लब अफ महाकाली महेन्द्रनगरका सचिव भाष्कर पन्तले बताए । लायन्स क्लब अफ महाकाली महेन्द्रनगरले विगत ५ वर्ष देखि निःशुल्क रुपमा कपडा वितरण गरिरहेको पन्तले भने । उक्त कपडा बैंकले प्रत्येक हप्ताको शनिबार वितरण गर्ने बताइएको छ । आर्थिक अभावका कारण कोई पनि व्यक्ति कपडाबाट वञ्चित नहोस् भन्ने मुख्य उदेश्यका साथ निःशुल्क कपडा बैंक सञ्चालनमा आएको लायन्स क्लबले जनाएको छ ।
भिडियो :
लायन्स क्लब अफ महाकाली महेन्द्रनगरका पूर्व अध्यक्ष डा. भोजराज पन्तले धेरै व्यक्तिले एकपटक लगाएर लुगा प्रयोग नै नगर्ने र फ्याँक्ने जस्ता कार्य गरिरहेको हुन्छन् तर ती लुगा कपडाको सदुपयोग गर्नका लागि कपडा बैंकले भूमिका खेलिरहेको बताए । उनले भने ,“न्यून आय भएका, गरीब र अन्य व्यक्तिहरीले पनि व्यक्तिले आफूलाई आबस्यकता परे अनुसार कपडा लैजान सक्ने छन ।”
लायन्स क्लब संग आवद्ध सदस्यहरूले अभियानात्मक रूपले कपडा संकलन गरी बैंकमा जम्मा गर्ने गरेको पनि क्लबले जनाएको छ ।