१५ बैशाख २०८२, सोमवार
१५ बैशाख २०८२, सोमवार

नेकपा महासचिव विप्लवलाई चीनबाट आयो माओको मुर्ति उपहार

काठमाडौं । विश्व क्रान्तिका नायक एवं चिनियाँ क्रान्तिका महान् नेता माओ जन्मेको हुनान प्रान्तको शाओशान वस्तीका जनताले जनस्तरबाट नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम ( विप्लव ) सी लाई बहुमूल्य उपहारको रुपमा माओको स्ट्याचु पठाइदिएका छन् ।

जनस्तरबाट चिनियाँ जनताले माओको स्ट्याचुसँगै माओको रेड बुकसहित किताब र माओको लोगो रहेको एक दर्जन कपहरु समेत पठाएका छन् ।

भर्खरै चिनियाँ भ्रमणबाट नेपाल फर्केका चीनसम्वन्धी विशेषज्ञ दिनेश खनालले सो उपहार चिनियाँ जनताको जनस्तरबाट पठाइएको भन्दै सो उपहार नेकपा महासचिव विप्लव सीलाई हस्तान्तरण गरेका हुन् ।

माओ जन्मेको शाओशन गाउँ, जहाँ दैनिकी हजारौं विदेशी पर्यटकहरु घुम्न जान्छन् ।

नेपालमा माओको क्रान्तिकारी विचारलाई सही ढंगले कार्यान्वयन गर्ने नेताको रुपमा नेकपा महासचिव विप्लव सी मात्र रहेको भन्दै चीनस्थित शाओसान वस्तीका चिनियाँ जनताले महासचिव विप्लव सीलाई सो उपहार पठाइदिएका छन् ।

नेकपा महासचिव विप्लव सीको ललितपुर हरिसिद्दिस्थित निवासमा पुगेर चीन विशेषज्ञ खनालले चिनियाँ जनताको नासोको रुपमा बहुमूल्य माओको स्ट्याचु उपहार पठाएका बताए ।

”चिनियाँ जनता खासगरी माओको जन्मस्थल शाओशानका जनताले माओको स्ट्याचु उपहार कमरेड महासचिवलाई प्रदान गरिदिनु भनेर पठाएका हुन्, मैले आज कमरेड विप्लवलाई सो उपहार नासोको रुपमा हस्तान्तरण गरिदिए ।” चीन विशेषज्ञ खनालले भने ।

नेपालका चिनियाँ कम्युनिस्ट पार्टीले वास्तविक कम्युनिस्ट नेताको खोजि गरिरहेको भन्दै २० वर्ष चीन बसेर नेपालमा चीनसम्वन्धी विशेषज्ञता हासिल गरेका खनालले चीनबाट नेपाल भ्रमण आउने सयौं चिनियाँहरुलाई नेपालको बारेमा जानकारी दिने गर्दछन् ।

सन् १९४९ मा माओले जापानी साम्राज्यवाद र च्यांक काईसेकको सामन्तवादलाई मिल्काएर क्रान्ति सम्पन्न गरेका थिए । त्यही स्तुप जनताले माओलाई अहिलेपनि औधी श्रद्धा गर्छन् ।

खनालले चीनको सियामन विश्वविद्यालयमा अध्ययन सकेर २० वर्षजति भाषा विज्ञता समेत हासिल गरेका उनले फरर चिनियाँ भाषा बोल्दछन् र लेख्छन् । चिनियाँहरुलाई नेपालमा आउँदा चिनियाँ भाषाबाट हरेक पाटापक्षमा उल्था गरेर जानकारी प्रदान गर्ने गर्दछन् ।

चीन विशेषज्ञ दिनेश खनाल पनि नेपालमा अबको देश चलाउने सक्ने एकमात्र नेता नेकपा महासचिव विप्लव सी रहेको दाबी गर्छन् ।

”महासचिव विप्लवज्युमा देशको नेतृत्व गर्न सक्ने सबैं प्रकारको क्षमता छ, त्यही भएर मैले उहाँलाई पटक पटक भेट गरेको छु”, खनालले भने, ”उहाँ साँच्चिकै अबको देश चलाउने सक्ने नेता हो, हामी सबैले हरतरहले सहयोग गर्नुपर्छ र नेतृत्वलाई सक्षम बनाउनु पर्दछ ।”

चिनियाँहरु पनि नेपाल कम्युनिस्ट पार्टी र महासचिव विप्लव सीलाई अब एकपटक देशको नेतृत्व गर्नसक्ने नेताको रुपमा हेर्न चाहेको बताउने गरेको खनालको भनाई रहेको छ ।

जनपत्रिकामा समाचार छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?