१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

बिदाको दिन सरकारी गाडी चलेको प्रति विप्लव नेकपा कञ्चनपुरको छड्के

नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले बिदाको दिन सरकारी गाडी बिना पास चलाएको प्रति निगरानी गरेको छ । शनिबार सुदुरपश्चिम प्रदेश प्रमुखको कार्यालय धनगढीका नायब सुब्बा समशेर रावलको सरकारी मोटरसाइकल बिना चलाएको भेटिए पछि नेकपाले पहिलो चोटीलाई सम्झाई बुझाई छोडेको छ ।

से १ ब ८९३ नम्बरको मोटरसाइकल रावलले बिना पास चलाएको पाइएको हो । सुब्बा रावलको गाडी महेन्द्रनगरको बजार क्षेत्रमा नेकपाले रोकेको बताएको छ । नेकपा कञ्चनपुरका जिल्ला सचिव प्रकाश सी ले बिना पास प्रदेश प्रमुखको कार्यालयको गाडी भेटिए पछि ती व्यक्तिलाई रोकेर सम्झाई बुझाई गरी आगामी दिनमा यस्तो गल्ती नगर्ने वाचा सहित छोडेको बताए । उनले भने ,“ राज्यको सम्पत्ति माथि चरम दुरुपयोग भइरहेको छ । यसको नियन्त्रण गर्न नेकपा सधैं लागिपरेको छ ।”

सुब्बा रावलले आफूले गल्ती गरेको स्वीकार्दै आगामी दिनमा यस्ता गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने ,“ घर महेन्द्रनगर भएकै कारण बिदामा यता आएको थिए पास लिन बिर्सें अब देखि यस्तो हुँदैन ।”

पछिल्लो समय बिदाका दिन सरकारी गाडी चलाउन जिल्ला प्रशासन बाट पास लिनुपर्ने नियम लागू भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?