१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

सुप विश्वविद्यालय कानून संकायद्वारा आयोजित फुटसल कप सम्पन्न , विजेताले जिते ट्रफी सहित नगद

कञ्चनपुर, असोज २० : सुदुरपश्चिम विश्वविद्यालय कानून संकाय द्वारा आयोजित ‘अन्तर सेमेस्टर फुटसल कप २०८०’ सम्पन्न भएको छ । नेपालहरुको महान चाड विजया दशमीको पूर्वसन्ध्यामा आयोजित फुटसल कप प्रतियोगितामा विद्यार्थी, कर्मचारी र प्राध्यापकहरुको ४ टिमको सहभागिता रहेको थियो ।

विश्वविद्यालयको कानून संकाय केन्दीय क्याम्पसमा स्नातक तह विएएलएलबि अध्ययनरत तेस्रो सेमेस्टरबाट टीम A र B (गरी दुई टिम ), पाँचौं सेमेस्टरबाट १ टीम र कर्मचारी – प्राध्यापकहरूको तर्फबाट १ टीम फुटसल कप २०८० मा सहभागी थिए ।


खेल मैदानमा तेस्रो सेमेस्टर टीम ए र बी ’

टिमहरुको निर्णायक खेल कञ्चनपुरको भीमदत्त नगरपालिका गोबरिया स्थित ज्ञान भण्डार स्पोर्ट सेन्टरमा शनिबार सम्पन्न भएको हो । फाइनलका लागि पाँचौं सेमेस्टरको टीम र प्राध्यापक – कर्मचारीको टीम बीच भएको प्रतिस्पर्धामा प्राध्यापक – कर्मचारीको टिमले हार बेहोरेको थियो । प्राध्यापक – कमर्चारी टिमको हार संगै पाँचौं सेमेस्टरको टीम फुटसल प्रतीयोगीताको फाइलमा प्रवेश गरेको थियो । त्यसै गरी तेस्रो सेमेस्टर टीम A र टीम B भएको आपसी प्रतिस्पर्धामा टीम B ले हार बेहोरेको थियो । हार बेहोर्ने दुई टिम नकआउट भए सँगै पाँचौं सेमेस्टर टीम र टीम A ले फाइनलका लागि खेलेका थिए । पाँचौं सेमेस्टरको टीमलाई हराउँदै सुदुरपश्चिम विश्वविद्यालय कानून संकाय केन्द्रीय क्याम्पसमा स्नातक तह विएएलएलबि (BALLB) अध्ययनरत तेस्रो सेमेस्टरको टीम (A) विजेता बनेको छ ।

पाँचौं सेमेस्टर टीम 

विजेता टिमले पुरस्कार स्वरुप ट्रफी सहित नगत हात पारेको छ । विजेता खेलाडीहरूलाई भोलि (आईतबार) क्याम्पसमा ट्रफी र नगद पुरस्कार वितरण गरिने ‘फुटसल कप २०८० ’प्रतीयोगीताका आयोजक तथा विश्वविद्यालयका उपप्राध्यापक भीम बहादुर फडेराले बताए । विद्यार्थीहरुको पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुन पाउन र आउँदा दिनहरूमा खेल क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गरून् भन्ने उद्देश्यका साथ फुटसल कपको आयोजना गरिएको उपप्राध्यापक फडेराको भनाइ छ ।

प्राध्यापक – कर्मचारी टीम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (50%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?