१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

ब्रह्मदेव नाकालाई धार्मिक नाकाको रूपमा विकास गर्न उद्योग वाणिज्य संघले पहल गर्दै

कञ्चनपुर : कञ्चनपुरको ब्रह्मदेव टनकपुर नाकालाई धार्मिक नाकाको रूपमा विकास गर्न उद्योग वाणिज्य संघ कञ्चनपुरले पहल कदमी लिने भएको छ । जिल्लाको भीमदत्त नगरपालिका ९ ब्रह्मदेवको सिद्धनाथ मन्दिर परिसरमा भएको उद्योग व्यवसायी र मन्दिर समिति सँगको छलफल कार्यक्रममा पर्यटन र व्यापार बढाउन टनकपुर नाकालाई सहज बनाउने वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष पीताम्बर जोशीले बताए ।

आईतबार सो अन्तर्क्रिया तथा छलफल कार्यक्रममा अध्यक्ष जोशीले धार्मिक गतिविधिको सबैभन्दा बढी आय हुने ठाउँको रूपमा रहेको सिद्धनाथ मन्दिरमा भारतीय पर्यटकहरू भित्र्याउन नाकामा नागरिकको सहज आवतजावत हुनु अनिवार्य रहेको बताए । सो नाकालाई धार्मिक नाकाको रुपमा विकास गर्न नेपालको तिनै तहको सरकार संग समुन्वय गरी भारत सरकारलाई सीमा सहजताको लागि माग राख्ने पनि उनले भने । भारतीय पर्यटकलाई नेपाल भित्र्याई यहाँको आर्थिक समृद्धिको लागि उद्योग वाणिज्य संघले सक्दो पहल गर्ने जोशीले प्रतिबद्धता व्यक्त गरे । भारतको विदेश रक्षा मन्त्रीसंग विगत देखि अनौपचारिक छलफल पनि चलेको र त्यसलाई मूर्त रुप दिन र नाकालाई गतिशील, सहज बनाउन सबैको साथ सहयोग आबस्यक पर्ने जोशीको भनाइ छ ।

भारतीय एसएसबीले सीमा क्षेत्रमा नागरिकलाई अनावस्यक दुःख दिने , टनकपुर पुलबाट गाडी आवतजावत गर्न नदिने भएकै कारण सिद्धनाथ मन्दिरको दर्शन गर्ने आउने पर्यटकले कठिनाई भोगिरहेको सिद्धनाथ मन्दिर समितिका अध्यक्ष नारायण सिंह महताले बताए । एसएसबीकै ज्यादतीका कारण मन्दिरमा दर्शन गर्ने पर्यटकको संख्या बर्सेनि घट्दै गएकोमा महताले चिन्ता व्यक्त गरे ।

भारतको पूर्णगिरी मन्दिरको दर्शन गरेपछि अनिवार्य सिद्धनाथ मन्दिरको दर्शन गर्नुपर्ने धार्मिक मान्यता भएकाले पूर्णगिरी चलेको समयमा ब्रह्मदेवको सो मन्दिरमा भारतीय पर्यटकहरू बाक्लो मात्रामा आउने गर्छन , त्यसो भएका कारण पनि उक्त नाकालाई धार्मिकताको नाकाको रूपमा विकास गरी पर्यटकीय सम्भावनालाई बढवा दिनुपर्ने सरोकारवालाको भनाइ थियो ।

उक्त टनकपुर नाकाबाट एसएसबीले समान ल्याउन नदिने भएकाले पनि ब्रह्मदेवको बजार क्षेत्रमा व्यापार नचल्ने समस्या रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?