चितवन। नेपाल कम्युनिस्ट पार्टी पश्चिम चितवनले राजनितिक र सामाजीक बेथिती विरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।
सोमबार १८ गते चितवन जील्ला पार्टीका सेक्रेटरी अटल सी को अध्यक्षतामा बसेको जिल्ला समिति बैठकबाट उक्त निर्णय गरिएको हो ।
M.C.C सम्झौता राष्ट्रघाती र देशको हित विपरित भएका कारण यसका बिरुद्ध नेकपा चितवनले कडा सङ्घर्ष गर्ने साथै पार्टी केन्द्रको निर्णयलाई आत्मसाथ गर्दै भ्रष्टचार र दलाली विरुद्ध जनतालाई जागृत गर्न जनता संग पार्टी विशेष कार्यक्रमहरु संचालन गर्ने जस्ता विविध निर्णयहरु जिल्ला समिति बैठकबाट पारित गरिएको सेक्रेटरी अटल सि ले बताए ।
पश्चिम नारायणी ब्युरो इन्चार्ज तथा पि.बि.एम एरम सी को प्रमुख आतीथ्यतामा बसेको उक्त बैठकमा केन्द्रीय उत्पादन विभाग का सदस्य तथा चितवनका प्रमुख पि.वि.एम सन्देश सी को विशेष आतीथ्यता रहेको थियो भने अतिथिमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी चितवन जील्ला इन्चार्ज उत्सव सी को रहेको थियो साथै विभिन्न नेताकार्यकर्ता हरुको उपस्थितिमा बैठक सम्पन्न भएको बताइएको छ ।