१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

विभिन्न संस्थाहरूको संयुक्त आयोजनामा महेन्द्रनगरमा सरसफाई

कञ्चनपुर , १६ भदौ : विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा सरसफाई गरिएको छ । शनिबार मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर, सेती महाकाली प्रादेशिक अस्पताल, जिल्ला ट्राफिक कार्यालय कञ्चनपुर, वडा प्रहरी , समुदाय प्रहरी साझेदारी , होटल ईलाइट लगायतको संयुक्त आयोजनामा बजार सरसफाई गरिएको हो ।

जिल्लाको महेन्द्रनगरमा रहेको मन्त्र अस्पतालबाट सुरु भएर बसपार्क सम्म र जिल्ला प्रशासन कार्यालय कञ्चनपुर को लाइन हुँदै महाकाली प्रादेशिक अस्पतालको गेट सम्मको क्षेत्रमा अभियानकर्ताले सरसफाई गरेका हुन ।

पछिल्लो समय डेङ्गुको प्रकोप भयाबह रुपमा फैलिरहेको हुँदा त्यसको नियत्रणका लागि सरसफाई अनिवार्य रहेको हुँदा सो सरसफाइ अभियान सुरु गरिएको आयोजकले बताएका छन् ।

मन्त्र अस्पतालका प्रबन्ध निर्देशक डा.गोविन्द रोकायाले पछिल्लो समय महामारीका रुपमा फैलिरहेको डेङ्गु प्रकोपलाई न्यूनीकरण गर्नका लागि बजार क्षेत्र सरसफाई गरिएको बताए । ‘बजार क्षेत्रमा प्लास्टिक लगायत अन्य चिजबस्तुमा पानी जमेर लामखुट्टेले लार्फा बनाउने र त्यसबाट डेङ्गु फैलिने भएकाले त्यो जोखिम कम गर्न हाम्रो सरसफाई अभियानले भूमिका खेल्ने छ , निर्देशक रोकायाले भने । यो अभियान आगामी दिनमा निरन्तर लैजाने उनको भनाइ छ र यसले समाजलाई पनि सरसफाई गर्न सकारात्मक सन्देश प्रवाह गर्ने समेत उनले बताए ।

त्यसैगरी ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख नरेश विकले ट्राफिक प्रहरीको पनि सार्वजनिक क्षेत्रलाई सफा र स्वच्छ राख्नु दायित्व रहेको र सँगसँगै आम जनमानसमा पनि फोहोर भएकै कारण मानव स्वास्थ्यलाई हानी नोक्सानी गर्ने कुराको बारेमा जानकारी गराउन पर्ने आवश्यक रहेको बताए ।

महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिडेन्ट अर्जुन भट्टले आजकल अस्पतालमा दैनिक जस्तो ५/७ जना विरामी डेङ्गु संक्रमणका आउने गरेको बताउँदै मुख्य गरी यसको नियन्त्रणका लागि आफ्नो घर वरपर, कार्यालय लगायत जुनसुकै क्षेत्रमा पानी जम्न नदिई सफा राख्नुपर्ने बताए । यसरी लामखुट्टेले डेङ्गु संक्रमण हुन बाट जोगिने उहाँको भनाई छ ।

मन्त्र अस्पतालले अस्पतालका कर्मचारी , वडा प्रहरी कार्यालय इन्स्पेक्टर यम मल्लको टोली , पत्रकारहरु,समुदाय प्रहरी साझेदारी, महाकाली प्रादेशिक अस्पताल र ट्राफिक प्रहरी, होटल ईलाइटको संयुक्त साझेदारीमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो । आउँदा दिनमा यस्ता कार्यहरु पुनः गर्दै जाने पनि आयोजकहरुले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?