राजमार्गमा दुर्घटना कम गर्न चालकमा जनचेतना जगाउदै ट्राफिक प्रमुख : विक

कञ्चनपुर , १६ भदौ : जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले महेन्द्र राजमार्गमा दुर्घटना न्यूनीकरण गर्न चालकलाई जनचेतना जगाउने कार्य गरेको छ । शनिबार कञ्चनपुरको भासी क्षेत्रमा पर्ने पूर्व राजमार्ग ट्राफिक प्रहरी कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकको नेतृत्वमा गएको टोलीले सो कार्य गरेको हो ।

ट्राफिक प्रमुख विकले सवारी साधन चालकहरुलाई रोक्दै भने ,“ नमस्कार हामी ट्राफिक प्रहरी , हामी तपाईंको सुरक्षाको लागि खटिएका प्रहरी हौ, हाम्रो मनसाय तपाईहरुलाई (सवारी चालक) दुःख दिने हुँदैन तर कानूनले निर्दिष्ट गरेका नियमहरू तपाईंले पालन गरेर दुर्घटना हुनबाट आफू पनि जोगिउ अरूलाई पनि जोगाऔं है ।”विकले चालकलाई सम्झाउदै सवारी साधन चलाउँदा अनिवार्य लाईसेन्स, ब्लु बुक, र हेलमेट , बेल्टहरु लगाउने बानी बसाल्नु पर्ने बताए । पैदल यात्रीहरुलाई पनि सडकमा बाटो क्रस गर्दा जेब्रा क्रसिङबाट मात्रै जानुपर्ने भन्दै सर्वसाधारणलाई सिकाउने काम गरेका थिए । आज मात्रै मन्त्र अस्पतालले अस्पतालका कर्मचारी , वडा प्रहरी कार्यालय, पत्रकारहरु,समुदाय प्रहरी साझेदारी, महाकाली प्रादेशिक अस्पताल र ट्राफिक प्रहरीको संयुक्त साझेदारीमा बजार सरसफाई कार्यक्रम पनि आफ्नो टीम सहभागी भएको , ट्राफिक प्रमुख विकले भने ।

सरसफाइमा ट्राफिक प्रहरी

अपांङ्गता भएका ब्यक्तिहरु संग अन्तरक्रिया
ट्राफिक कार्यालय कञ्चनपुरले भदौ ११ गते महेन्द्रनगर स्थित कार्यालयमा अपांङगता भएका ब्यक्तिहरु संग सवारी साधनमा अपांङ्गता सिट आरक्षण, सडक प्रयोगमा सहजिकरण लगायतका बिबिध बिषयमा छलफल अन्तरक्रिया सम्पन्न गरेको छ ।

अपाङसंग ट्राफिक प्रहरी

सचेतनामुलक कार्यक्रमका बिच जानकारीमुलक महेन्द्रनगर बसपार्कमा बोर्ड

भदौ १५ गरे कार्यालय प्रमुख प्रहरी निरीक्षक नरेश विकको टोलीले कञ्चनपुर जिल्लाको बसपार्क देखि सञ्चालन हुने सम्पुर्ण सवारी साधनका चालक/सहचालक र यात्रुहरुलाई ट्राफिक सम्बन्धि जानकारी दिनुका साथै जानकारीमुलक बोर्ड राखेको छ ।

महेन्द्रनगर बसपार्कमा जनचेतनामूलक बोर्ड राख्दै ट्राफिक प्रहरी

भदौ १० गते कञ्चनपुर स्थित कार्यरत पत्रकारहरु संग परिचयात्मक कार्यक्रम गर्दै कञ्चनपुर जिल्लामा ट्राफिक प्रमुखको जिम्मेवारी सम्हालेका विकले जिल्लाभित्र रहेका जिल्लामा ट्राफिक नियम सम्बन्धी जागरण पैदा गर्न विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गर्ने , पार्किङका समस्या समाधान गर्ने, ट्राफिक कार्यालय संग सरोकार राख्ने निकाय संग पनि सहकार्य गर्ने , लगायतका अन्य विषयमा पहलकदमी लिने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?