भरतपुर महानगरपालिकाका सात निर्माण कम्पनी कालो सूचीमा

चितवन। भरतपुर महानगरपालिकाद्वारा सात निर्माण कम्पनी कालो सूचीमा परेका छन् । तोकिएको समयमा काम पूरा नगर्ने सात निर्माण कम्पनीलाई महानगरको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले उनीहरुलाई कालोसूचीमा राखेको हो ।

सन्तोष आचार्यले जानकारी दिए अनुसार ,जन कन्ष्ट्रक्सन, अर्भान कन्ष्ट्रक्सन, शिवालय विल्डर्स, अनुष्ठान कन्ष्ट्रक्सन, एकेज कन्ष्ट्रक्सन, एञ्जल निर्माण सेवा र युद्ध निर्माण सेवालाई महानगरको सिफारिसमा कार्यालयले कालो सूचीमा राखेको महानगरका सिनियर डिभिजनल इञ्जिनियर
उनका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि निर्माणको जिम्मा लिएर काम सम्पन्न नगर्ने ती कम्पनीलाई कालो सूचीमा राखिएको हो । १६ वटा निर्माणको ठेक्का लिएका सात कम्पनीलाई कालो सूचीमा राखिएको उनले बताए ।

उनीहरुलाई एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि ठेक्का सम्झौता वा निर्माण कार्य गर्न नपाउने गरी कालो सूचीमा राखिएको इञ्जिनियर आचार्यले बताए । ‘आव २०७७/७८ मा सुरु भएका ११ निर्माणका काम अझै पूरा हुन सकेका छैनन्’, उनले भने, ‘आव २०७८/७९ मा २० ठेक्का बाँकी रहेका छन् ।

२०७९/८० मा एक सय पाँच निर्माणको ठेक्का सम्झौता भई सञ्चालनमा छन् ।’

चालु आवमा एउटा ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्नका लागि सिफारिस गरिएको छ भने छ ठेक्का सम्झौता तोड्ने अन्तिम चरणमा महानगर रहेको इञ्जिनियर आचार्यले बताए । उनका अनुसार सम्झौता गरी काम नगरेका र सम्झौता गर्न नआएका निर्माण व्यवसायीको सम्झौता रद्द गर्न लागिएको हो ।

भरतपुर महानगरले भौतिक संरचना,सडक निर्माण,कल्वर्ड, सतह ढल, ढल निर्माण, मेस जाली लगायत काम गर्दै आएको छ । जसमध्ये ८० प्रतिशत सडक निर्माणको काम रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?