कञ्चनपुर, भदौ ०२ : कञ्चनपुरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सार्क एजुकेसन फाउन्डेसन कक्षा ११ का नया भर्ना विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । शनिबार जिल्लाको ममताज वेडिङ वेल्समा आयोजित एक कार्यक्रम बीच विज्ञान र व्यवस्थापन पढ्न भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई सार्क एजुकेसनमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा स्वागत गरिएको हो ।
सो विद्यालयमा अध्ययनरत विकास पाण्डेले आफूले सार्क एजुकेसन फाउन्डेसनमा अध्ययन गर्न पाउँदा थुप्रै कुरामा अवसर प्रदान बताए । कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै उनले भने , “ विज्ञानको क्षेत्रमा अनुसन्धानात्मक कार्यमा देश तथा विदेशका विभिन्न प्लाटिफर्ममा अवसर पाएको छु ।” यसरी मिहिनेत गर्ने विद्यार्थीलाई सार्क एजुकेसन फाउन्डेसनमा पढाइको राम्रो वातवरण रहेको उनको भनाई थियो ।
सार्क एजुकेसन फाउन्डेसनका फाउन्डर लक्ष्मण बस्नेतले हाम्रो स्कुलले बहुआयामिक क्षेत्रमा विद्यार्थीलाई सहभागी गराएर शिक्षालाई व्यावहारिक प्रयोग गर्ने तर्फ जोड दिएको बताए । “पछिल्लो समयमा बदलिएको आधुनिक युगमा समय सुधाउँदो शिक्षाको आबस्यकता छ, हिजोको जस्तो पुरानै शिक्षाले काम गर्दैन हामीले त्यस खालको आधुनिक , व्यावहारिक र प्राविधिक शिक्षामा बढी ध्यान दिएका छौं , बस्नेतले भने ।
विद्यार्थीलाई प्रयोगात्मक शिक्षा संग जोड्ने अभिप्रायले लगातार कक्षा भन्दा एक्स्ट्रा अर्डिनरी कक्षा पनि सञ्चालनमा जोड दिएको विद्यालयका प्लस टू संयोजक राजेश भण्डारीले बताए । उनले भने , “ हामीले विज्ञान तथा म्यानेजमेन्ट ल्यावको उत्कृष्ठ व्यवस्था गरेका छौं जसले गर्दा विद्यार्थीले पढेको कुरा प्रत्यक्ष व्यवहारमा उपयोग गर्न सजिलो भएको छ । ” अहिले विद्यालयमा पढिरहेको विद्यार्थी नै भोलिको दिन विभिन्न क्षेत्रमा प्रवेश गर्ने जनशक्ति हो र अहिले बाटै विद्यालयले विद्यार्थीको भोलि भविष्यलाई सूनिश्चित गर्ने पढाइका नयाँ तरिका अपाउँदै आएको उनको भनाइ छ ।
प्रमुख अथितिका रुपमा सहभागी सुदुरपश्चिम विश्वविद्यालयका प्रिन्सिपल कुम्भ बहादुर चन्दले मनतव्य राख्दै नयाँ विद्यार्थीहरुको स्वागत गर्दै सफल भविष्यको शुभकामना व्यक्त गरे । उनले सम्बोधनका क्रममा पछिल्लो समयमा सार्क एजुकेसन फाउन्डेसनले विद्यार्थीलाई सबै विधामा सहभागी प्रतिस्पर्धी जनशक्ति उत्पादन गरिरहेको बताए । पछिल्लो समय विद्यार्थीलाई नम्बर बढी ल्याउनु नै उत्कृष्ठ विद्यार्थी भनिने गलत संस्कार रहेको उनको भनाइ छ । आगमी दिनमा विद्यालयले विद्यार्थीको नैतिक शिक्षामा जोड दिनुपर्ने बताए ।
स्वागत कार्यक्रममा गायिका टिका प्रसाईको आक्रमक सांगीतिक प्रस्तुति रहेको थियो भने सोही विद्यालयका विद्यार्थीहरुले पनि नाचगान गरेर कार्यक्रमको शोभा बढाएका थिए ।
स्वागत कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक , शिक्षिका अन्य अथितीहरुको सहभागिता रहेको थियो ।
तस्बिरहरु :