कञ्चनपुर , भदौ ०१ : नेपाल परिवार नियोजन संघ कञ्चनपुरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबार संघले एक कार्यक्रमका बीच आधुनिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको घोषणा गरेको हो । नेपाल भारत सहयोग मार्फत भारतीय दुताबास मार्फत प्रांप्त भएको एम्बुलेन्स संचालनमा ल्याएको संघले जनाएको छ ।
नेपाल परिवार नियोजन संघ शाखा कञ्चनपुरका अध्यक्ष गजेन्द्रदेव लेखकले संघलाई प्राप्त भएको एम्बुलेन्स बिरामीलाई स्तरिय सेवा दिईने बताए । भीमदत्त नगरका प्रमुख पदम बोगटीले एक कार्यक्रमका विच एम्बुलेन्स उद्घाटन गरेका हुन् । मेयर बोगटीले एम्बुलेन्स सेवाको सहज र जनमुखी उपयोग हुनुपर्नेमा जोड दिएका थिए । एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि कञ्चनपुरबासीको बिरामीहरुको आवतजावतमा सहयोग पुग्ने आशा गरिएको छ ।