बेसाहारा पशुहरूको निरन्तर उद्दारमा “ आई केयर यू ” «Yug Press

कञ्चनपुर , श्रावण ३२ : सुदुरपश्चिमका विभिन्न जिल्लामा पछिल्लो समय देखिएको एउटा भयानक पशु चौपया छाडा छोड्ने ! यस समस्याबाट अछुत रहन सकेको छैन कञ्चनपुर जिल्ला पनि । जिल्लाका विभिन्न स्थानीय निकाय भित्र बेला बेला आन्दोलन भइरहन्छन् पशु चौपाया नियन्त्रणका मागसहित । तर विडम्बना के भने , तिनै स्थानीय जनताहरू पशुहरू प्रयोग गर्दा सम्म प्रयोग गर्छन काम नलागे छोड्छन् र त्यसपछि हाम्रो बालीनाली नष्ट गर्यो भन्दै फेरि स्थानिय तहमा आन्दोलन गर्छन । एक किसिमले नेपाली समाजको चिन्तन र प्रवृत्ति गलत दिशा तिर गईरहेको संकेत यो सोचाइले गर्छ ।

तिनै बेसाहारा छाडा पशु चौपायाहरुको स्याहारसुसार र उद्दार कार्यमा लाग्नु भएकी कञ्चनपुरकी मञ्जु शाही यो समाजकी एउटा उदाहरणीय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । हिजो बुधबार उहाँलाई भेट्न भनी जिल्लाको भीमदत्त नगरपालिका १८ को पुष्पलाल चोक स्थित रहेको उनको घरमा हामी पुग्यौं । हामी घरमा जाँदा उहाँ कुकुर र बिरालोलाई स्याहार्दै हुनुहुन्थ्यो र घरकै मूल गेट छेउमा एउटा बिरामी गाईको उपचाररत थियो । उनको घरमा ३/४ जनाको टीम बसेको थियो र उनीहरू पशु चौपायाकै स्याहारसुसार र उद्दारको विषयमा छलफल गरिरहेका थिए । सरल र शान्त जीवन शैलीमा बाँचिरहेकी उनी हेर्दा पनि सहयोगी र मिलनसार जस्तै देखिन्थिन् । र हामीले सुरु गर्यौ उहाँको पशु चौपाया स्याहारसुसार तथा उद्दारको कथा ! करिब २०६३ सालतिरबाट निरन्तर बेसाहारा पशुहरूको उपचार उद्दार गरिरहेको उनी बताउँछिन ।

                       आई केयर यू टीम

पेसाले शाही शिक्षिका थिइन , र डान्स सिकाउने प्रशिक्षक पनि तर अहिले भने रिटायर्ड भइन् । उनले त्यो सँगै यो सामाजिक कार्यमा पनि आफ्नो पशु चौपायाहरु प्रतिको माया र सदभावकै कारण यो क्षेत्रमा लागेको उनले बताइन् । सुरुमा छाडा चौपायाका उद्दारमा लागेको पहिलो घटना सम्झिदै उनी भन्छिन् , “ अचानक विद्यालयमा पढाइरहेका बेला मेरो विद्यालयको गेट बाहिर एउटा गाईको ठूलो घाउ देखें , हिउँदको महिना थियो त्यो गाईलाई सारै पीडाको भएको महसुस मैले गरे र मनले नमाने पछि प्रधानाध्यापकलाई एक्छिन अनुमति लिएर त्यो गाईको घाउमा औषधि हाले र केही दिनमा घाउ भएको गाई ठीक भयो त्या बाट बिस्तारै बिस्तारै गर्दै गर्दै यहाँ सम्म पुगे ।”योजनाले समाज सेवा गर्छु भन्दा पनि समाजको समस्या र आबस्यकताले पशु चौपायाको उद्दार गर्न पुगेकी शाही बताउँछिन् । २०६३ यता निरन्तर चलिरहेको उनको यो अभियान व्यवस्थित गर्न उनले २०६६/ ६७ तिर “आई केयर यू ” नामक संस्था खोलेर पशुको उद्दारमा खटिन थालिन् । आई केयर यू संस्थाको संस्थापक रहेकी शाही हाल यसै संस्था मार्फत छाडा पशु चौपायाको उद्दारको अभियान निरन्तर छिन् । छोडेका पशु चौपायालाई सुरक्षित स्थानमा राख्ने , बिरामी र घाउ भएका पशुहरूको उपचार गर्ने त्यो नै शाहीको दैनिकी बनेको छ । विषेशगरी गाईवस्तु , कुकुर बिरालो र अन्य पशुहरूको उद्दार बढी गर्ने गरेको उनको अनुभव छ । उनको यो चुनौतीपूर्ण कार्य कोरोना महामारीको जटिल समयमा पनि निरन्तर चलिरह्यो ।


        पशु चौपायाको उद्दारमा आई केयर यू टीम

‘आई केयर यु’ मा अहिले करिब १५ जनाको टीम निरन्तर अभियानमा खटिरहेको छ र पछिल्लो समय त भेटेरिनरी अध्ययन गर्ने विद्यार्थीहरू तिनै उद्धारकर्ता शाहीको अभियानमा जोडिएर प्रयोगात्मक शिक्षा लिइरहेका छन् । शाही भन्छिन् , “ हामी संग निरन्तर अभियानमा जोडिएर प्रयोगात्मक रूपले भेटेरिनरी अध्ययनरत विद्यार्थीहरुले बढी सिक्ने अवसर पाएका छन् ।” अहिले धेरै मान्छेहरु मेरो गाईवस्तु बिरामी भयो , मेरो कुकुर बिरालो बिरामी भयो भनेर धेरै राम्रै मान्छेहरू पनि आफूलाई सम्पर्क गर्ने गरेको शाही भन्छिन् । ‘ तर तपाईंहरूको घरका पशु चौपाया हेरचाह गर्ने जिम्मा हाम्रो होइन , हामी छाडा चौपायाका उद्दार कार्य हौ भन्छौ , शाहीले भनिन् ।


 आई केयर यू की संस्थापक तथा पशु उद्धारकर्ता मञ्जु शाही

पछिल्लो समय पशुहरुमा देखिएको ‘ लम्पी स्किन ’ रोग एक महामारीको रूपमा देखा पर्यो । त्यो सुरु भए यता मात्रै करिब ५०० पशुहरुलाई त्यस रोग विरुद्धको खोप (सुई) आई केयर यू टिमले लगाई सकेको शाहीले हामीलाई बताइन । उनले भनिन् ,“हामीले दैनिक जस्तो आजकल २५ देखि ५० पशुलाई उपचार गर्ने सुई लगाउने गरेका छौं र यो पछिल्लो अवधिमा मात्रै ५०० जति पशुलाई सुई लगाई सक्यौ ।” यसरी उनको ‘ आई केयर यू ’मार्फतको पशु उद्दारको अभियान आर्थिक सहयोग र सहायता बाटै चलिरहेको शाहीले बताइन । उनले भनिन् , “देश विदेशमा रहने व्यक्तिहरूले आफ्नो जन्मदिन , आमाबुवाको पुण्य तिथिको अवसर जस्ता प्रसङ्गमा हामीलाई सहयोग गर्छन र त्यो बाट नै पशुहरूको उपचारका लागि औषधि र अन्य सामान जुटाउने गर्छौ । ”राज्यका निकायहरुबाट आफ्नो अभियानलाई खासै सहयोग नभएको उनी बताउँछिन ।


       घाइते कुकुरको उपचार गर्दै आई केयर यू टीम

पशु चौपाया नियन्त्रणका लागि स्थानीय तह र राज्यस्तरबाट प्रयास त भएका छन् तर सफल हुन् नसकेका उनको बुझाइ छ । जनस्तरबाट स्थानीय तहलाई सहयोग नहुँदा पनि यो समस्या समाधान हुन सकेको छैन , उनले भनिन् ।


       बिरामी पशुको उपचारमा आई केयर यू टीम
दिनहुँ जस्तो नागरिकहरूले पशु छोड्नुको कारणमा पशुका लागि पहिलो कुरा त चरन क्षेत्र वन जंगल नहुनु एउटा समस्याको रुपमा रहेको उनको भनाइ छ । प्राय अहिले कञ्चनपुर जिल्लामा अन्यत्रबाट बसाई सरेर बसोबास गर्नेको संख्या ठूलो छ र त्यसरी बसोबास गर्नेहरूको जमीन सानै हुन्छं अनि पशुहरू प्रयोग गर्दा सम्म प्रयोग गर्छन अनि बाध्यतावस भए पनि पशुहरू छोडी दिन्छन् , शाहीले भनिन । पशु चौपाया छोड्ने समस्या समाधान गर्न मुख्य कुरा त जनतालाई पशु प्रतिको माया, समान र सद्भाबको भावना पैदा गर्ने मनसायले जनचेतना अभिवृद्धि गराउनु आवस्यक रहेको र राज्यले त्यो सँगै यसरी पशुलाई बेवारिसे छोड्नेलाई कानूनी माध्यमबाट कडाइका साथ नियम बनाएर लागू हुनुपर्ने पशु उद्धारकर्ता शाही भन्छिन् । पशुको जीउमा राज्यले चिप जडान गरेर , जनतामा जनजागरण पैदा गरेर र यसरी पशु चौपाया छोड्नेलाई राज्यले दिने सेवा सुविधा कटौती गरेर लगायतका उपाय अपाउन सके पशु चौपाया छोड्ने क्रम रोकिने उनको विश्वास छ । कञ्चनपुरको महेन्द्रनगर स्थित राष्ट्रिय वाल विद्यालयमा करिब ४० वर्ष शिक्षिका भएर काम गरेको अनुभव भएकी तिनै शाही अहिले भने छाडा पशु चौपायाहरुको स्याहारसुसार र उद्धारकर्ताको रूपमा समाजको एउटा उदाहरणीय पात्रको रुपमा चिनिन्छन् । तस्बिर : आई केयर यू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?