भिमदत्त नगरपालिकाको वडा नं ८ मा सञ्चालनमा आयो निःशुल्क एम्बुलेन्स सेवा

कञ्चनपुर,श्रावण ३१ : कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नं ०८ मा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । बुधबार वडाका अध्यक्ष मदनराज मिश्रले उदघाटन गर्दै एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

वडावासीको स्वास्थ्य क्षेत्रमा पहुंच अभिवृद्धि गर्ने उद्देश्यसहित बिरामीको स्वास्थ्य उपचारलाई सहज बनाउन निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको वडा अध्यक्ष मदन राज जोशीले बताए । वडामा नागरिकहरु बिरामी पर्दा एम्बुलेन्स नभएर अस्पताल सम्म पुग्न हुने गरेको समस्याको आउँदा दिनमा समाधान हुने विश्वास लिएको अध्यक्ष मिश्र बताउँछन । नागरिकलाई २४ घण्टा नै निःशुल्क सेवा प्रदान गरिने छ , अध्यक्ष मदन राज मिश्रले भने । उनले भने ,“यो विकट ठाउँ भएकाले पनि यहाँ बाट नागरिकले अस्पताल सम्म बिरामी पुर्याउन अप्ठयारो झेल्नु परेको थियो र आउँदा दिनमा त्यो जनतालाई समान र सहज ढंगले हरेक बेला एम्बुलेन्स सेवा प्रदान गरिने छ ।” आफ्नो आग्रहलाई स्वीकार गरी एम्बुलेन्स प्रदान गर्ने कञ्चनपुर उद्योग वाणिज्य संघ प्रति वडा अध्यक्ष मिश्रले धन्यबाद व्यक्त गरेका थिए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहोराले वडा अध्यक्षले आफूहरुलाई आग्रह गरे पछि बिरामीको क्षत्रिय अस्पताल सम्म सहज आवतजावत गर्नका लागि वडालाई उक्त एम्बुलेन्स सहयोग स्वरूप हस्तान्तरण गरिएको बताए । विषेशगरी सुत्केरी महिला , सर्पले टोकेका बिरामी र अन्य इमर्जेन्सीमा अस्पताल लैजानु पर्ने वडा नं ८,९,१० क्षेत्रका बिरामीका लागि एम्बुलेन्स सेवाले सहज बनाउने महासचिव बोहोराको भनाइ थियो ।

त्यसैगरी वडामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान हुने भए पछि खुसी व्यक्त गर्दै एक स्थानीयले यो राम्रो कार्य भएको बताए । उनले भने , “अहिले एम्बुलेन्स सेवा सञ्चालनमा आउने कुरा राम्रो छ तर यो लाई निरन्तर सेवा सुचारु गर्नका लागि वडाले विशेष मापदण्ड बनाउनु आबस्यक छ ।” यसरी गाउँमै निःशुल्क एम्बुलेन्स सेवा मिल्ने भए पछि आम वडा बासीले खुसी व्यक्त गरेका छन ।

वडाका अध्यक्ष, सदस्यहरू , उद्योग वाणिज्य संघका महासचिव लगायत प्रतिनिधि , वडाबासीलगायतको उपस्थितिमा आज उक्त एम्बुलेन्स सेवा उदघाटन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?