कञ्चनपुर,श्रावण ३१ : कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नं ०८ मा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । बुधबार वडाका अध्यक्ष मदनराज मिश्रले उदघाटन गर्दै एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।
वडावासीको स्वास्थ्य क्षेत्रमा पहुंच अभिवृद्धि गर्ने उद्देश्यसहित बिरामीको स्वास्थ्य उपचारलाई सहज बनाउन निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको वडा अध्यक्ष मदन राज जोशीले बताए । वडामा नागरिकहरु बिरामी पर्दा एम्बुलेन्स नभएर अस्पताल सम्म पुग्न हुने गरेको समस्याको आउँदा दिनमा समाधान हुने विश्वास लिएको अध्यक्ष मिश्र बताउँछन । नागरिकलाई २४ घण्टा नै निःशुल्क सेवा प्रदान गरिने छ , अध्यक्ष मदन राज मिश्रले भने । उनले भने ,“यो विकट ठाउँ भएकाले पनि यहाँ बाट नागरिकले अस्पताल सम्म बिरामी पुर्याउन अप्ठयारो झेल्नु परेको थियो र आउँदा दिनमा त्यो जनतालाई समान र सहज ढंगले हरेक बेला एम्बुलेन्स सेवा प्रदान गरिने छ ।” आफ्नो आग्रहलाई स्वीकार गरी एम्बुलेन्स प्रदान गर्ने कञ्चनपुर उद्योग वाणिज्य संघ प्रति वडा अध्यक्ष मिश्रले धन्यबाद व्यक्त गरेका थिए ।
कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहोराले वडा अध्यक्षले आफूहरुलाई आग्रह गरे पछि बिरामीको क्षत्रिय अस्पताल सम्म सहज आवतजावत गर्नका लागि वडालाई उक्त एम्बुलेन्स सहयोग स्वरूप हस्तान्तरण गरिएको बताए । विषेशगरी सुत्केरी महिला , सर्पले टोकेका बिरामी र अन्य इमर्जेन्सीमा अस्पताल लैजानु पर्ने वडा नं ८,९,१० क्षेत्रका बिरामीका लागि एम्बुलेन्स सेवाले सहज बनाउने महासचिव बोहोराको भनाइ थियो ।
त्यसैगरी वडामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान हुने भए पछि खुसी व्यक्त गर्दै एक स्थानीयले यो राम्रो कार्य भएको बताए । उनले भने , “अहिले एम्बुलेन्स सेवा सञ्चालनमा आउने कुरा राम्रो छ तर यो लाई निरन्तर सेवा सुचारु गर्नका लागि वडाले विशेष मापदण्ड बनाउनु आबस्यक छ ।” यसरी गाउँमै निःशुल्क एम्बुलेन्स सेवा मिल्ने भए पछि आम वडा बासीले खुसी व्यक्त गरेका छन ।
वडाका अध्यक्ष, सदस्यहरू , उद्योग वाणिज्य संघका महासचिव लगायत प्रतिनिधि , वडाबासीलगायतको उपस्थितिमा आज उक्त एम्बुलेन्स सेवा उदघाटन गरिएको हो ।