कञ्चनपुर । नेकपा एमाले कंचनपुरको वडा अध्यक्ष माथि कुटपिट गर्ने नेताहरुलाई पार्टीबाट निष्कासित गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा १८ वडा अध्यक्ष रवीन्द्र देवकोटा माथि केही दिन अगाडि सांघातिक आक्रमण गरेको आरोपमा ७ जनालाई निष्कासित गरेको हो । सोमबार बसेको एमाले कञ्चनपुर सचिवालयको बैठकले सो निर्णय गरेको हो ।
कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाद्वारा जारी प्रेस विज्ञप्तिमा जिल्ला कमिटीका सदस्य कमल रोकाया, राधाकृष्ण जोशी, केशव चन्द, रमेश भट्ट, युवा संघका रोहित कुँबर, नविन चन्द, र प्रविन बोगटीलाई सदस्यता समेत नरहने गरी पार्टीबाट निस्कासन गरिएको जनाइएको छ ।
विज्ञप्ति :