पुर्ण बहादुर खडका
२४ साउन काठमाडौ । अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ ले यातायात मन्त्रालय मा १३ बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझायको छ।
बुधबार अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ अन्तर्गत को पेशागत घटक अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ ले यातायात व्यवस्था मन्त्रालय सिंहदरबार स्थित यातायात मन्त्री प्रकाश ज्वाला को कार्यकक्षमा गइ ध्यानाकर्षण पत्र बुझायको हो ।
पेशागत संघका अध्यक्ष लालबहादुर तामाङ द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र मा यातायात व्यवस्था सम्बन्धि सिन्डिकेट प्रतिको बेथिती ,बिदेशी पठाव कम्पनीको दादागिरी, ढुवानी पावर टिलर लाई सोलो ,सवारीको नाममा स्थानीय सरकारले विभिन्न बाहाना गरि सडकमा प्रतिबन्ध लगाई स्वरोजगार मजदुर लाई बेरोजगारको बाटोमा लियको ,ईलेक्टिकल सवारी बिक्री कम्पनीले मनोमानी हिसाबले मुल्य असुलेको, यातायात पार्किङ मा स्थानीय निकायको वेवास्थाले यातायात मजदुरले खेप्नु परेको हैरानि, ट्राफिक प्रहरी को ज्यादति प्रति लक्ष्यित गर्दै ४ पृश्ठ लामो १३ बुदे माग सहितको ध्यानाकर्षण पत्र बुझायको जनाईयको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै माननीय यातायात मन्त्री प्रकाश ज्वाला ले यातायात क्षेत्रमा भयको तहगत बिभागिय समस्या र यातायात ऐन संग सम्बन्धि निजि सवारी बिक्रेता कम्पनिको मनोमानि ट्रफिक प्रहरी बाट भयको मजदुर प्रतिको अपमान लगायतका समस्या बाट यातायात मजदुर ले खेपेको पीडा प्रति आफ्नो ध्यानाकर्षण भयको र त्यस लाई नियन्त्रण गर्न तहगत छलफल गर्ने मन्त्री ज्वाला ले बतायक छन।
ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य जिवन्त सिको प्रमुख उपस्थिति थियो भने अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ का केन्द्रीय उपाध्यक्ष नारायण सि यातायात संघ का केन्द्रीय अध्यक्ष लालबहादुर तामाङ उपाध्यक्ष दिनेश नेपाल मनोज दवाडी सुनिल थिङ लगायत को उपस्थित मा ध्यानाकर्षण पत्र बुझायको महासंघ का केन्द्रीय उपाध्यक्ष नारायण सी ले बताएका छन।
ध्यानाकर्षण पत्रको पुर्ण पाठ यसप्रकार रहेको छ :