२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

२२ सय बढी कर्मचारी यस वर्ष अवकास हुँदै (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ मा नेपाल सरकारका २ हजार २५३ जना कर्मचारी अनिवार्य अवकाशमा घर जाँदैछन्
राष्ट्रिय किताबखाना अनुसार सचिवदेखि कार्यालय सहयोगीसम्मका २ हजार २५३ जना कर्मचारी अनिवार्य अवकाशमा जाने भएका हुन् । जसमा १८ जना सचिव र ६४ जना सहसचिवसमेत रहेका छन् ।

विशिष्ट श्रेणीबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीले केही दिनअघि उमेर हदका कारण अनिवार्य अवकाश पाइसकेका छन् । अबको केही दिनमा महालेखापरीक्षकको कार्यालय उप–महालेखापरीक्षक राममाया कुँवरले विशिष्ट श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाश पाउँदै छिन् ।

भदौ पहिलो साता कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनाल एक वर्षे सचिवको कार्यकाल पूरा गरी जाँदै छन् ।
त्यस्तै, असोज ११ गते सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, असोज २१ गते प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डे, कात्तिक ११ गते सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मी, मंसिर २० गते परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र पुस ९ गते ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे पनि अनिवार्य अवकाशमा जानेछन् ।

माघ १२ गते महालेखा परीक्षकको कार्यालयका उप–महालेखा परीक्षक महेश्वर काफ्ले, माघ २९ गते सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, फागुन ६ गते निर्वाचन आयोगका सचिव सूर्यप्रसाद गौतम, फागुन २६ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईँ चैत १२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी अनिवार्य अवकाशमा जाँदैछन् ।

वैशाख १७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थी र महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता विश्वराज कोइराला, वैशाख २८ गते वन तथा वातावरण मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल, असार १३ गते जल तथा ऊर्जा आयोगका सचिव शुशीलचन्द्र तिवारी जागिरबाट बिदा हुँदै छन् ।

उमेरहदका कारण यसै आर्थिक वर्षमा ६४ जना सहसचिव पनि अनिवार्य अवकाशमा जाँदैछन् । जसमा राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्यांकविद् नेविनलाल श्रेष्ठ, नापी विभागका उप–महानिर्देशक सुशील नरसिंह राजभण्डारी, जलस्रोत तथा सिँचाइ विभागका उप–महानिर्देशक रुक्मागत खनाल लगायत रहेका छन् ।

अवकास जाने कर्मचारीको सूची :

Retirement Letter Final (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?