२३ कार्तिक २०८१, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार

सय किलो सुन काण्ड : सिआईबीलाई अनुसन्धान गर्न प्रचण्डको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले क्विन्टल सुन प्रकरणबारे बिहीबार साँझ रक्षामन्त्री, गृहमन्त्री, आईजीपी, सीआईबी प्रमुख र राजस्व अनुसन्धान विभागका महानिर्देशकसँग संयुक्त छलफल गरेका थिए ।

त्यसक्रममा सुन तस्करी संगठित अपराध र अन्तरदेशीय अपराध मात्रै नभएर आतंकवादी गतिविधिमा संलग्न गिरोहको समेत संलग्नता भएको हुनसक्ने र यसको बृहत अनुसन्धान प्रहरीबाट हुँदा प्रभावकारी हुने सुझाव आएपछि सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन प्रधानमन्त्रीले विभागलाई निर्देशन दिएकाे स्रोतले जानकारी दियो ।

साउन ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको अवस्थामा करिब १ सय किलो सुन बरामद भएको थियो । यस प्रकरणमा हालसम्म चिनियाँसहित १७ जना पक्राउ परेका छन् । त्यस्तै काठमाडौंका विभिन्न स्थानमा छापा मारेर सुन ग्रल्ने ४ थान मेसिनसहितका सामान बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?