७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

सुन तस्करी प्रकरणमा पक्राउ परेका रुक्मिना कसरी भए रिहा ?

काठमाडौं । करिब १ सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका रुक्मिना सुब्बा रिहा भएका छन् । सुब्बाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै किमो थेरापी गर्नुपर्ने देखिएपछि बिहीबार साँझ रिहा गरिएको हो ।

राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले उनलाई उपचार प्रयोजनार्थ रिहा गरिए अनुसार उनलाई बोलाएको बेलामा उपस्थित हुने शर्तमा रिहा गरिएको हो ।

साउन ३ मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरिएको करिब ८० देखि १ सय किलो सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । यस प्रकरणमा चिनियाँ र भारतीय नागरिकसहित १७ जना पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?