ढोरपाटन सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र

बाग्लुङ । अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भई यात्रु हरुलाई कष्ट भइरहेको छ । बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा ढोरपाटन जाने र फर्किने पर्यटक बीच बाटोमै अलपत्र छन् । ढोरपाटन, बोबाङ, फल्लेघरलगायत ठाउँबाट बुर्तिबाङ, पोखरा, काठमाडौं, बुटवलतर्फ जाने सवारीसाधन ठप्प छन् । यो समय ढोरपाटन घुम्ने याम भएको हुँदा धेरै पर्यटकले बीच बाटोबाटै फर्किनुपरेको स्थानीयको भनाइ छ ।

पहिराेले सडक अवरुद्ध बनेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए । बिहीबार दिउँसो खसेको पहिरो आज बिहानसम्म पन्छाउन सकिएको छैन । बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको छ ।

उपप्रमुख कायतले भने,‘दोगाडी पक्की पुल नजिकै ठूलो पहिरो खसेर सडक पूर्णरूपले अवरुद्ध भएको छ,ठूलो वर्षा भएको हुँदा बिहीबार खुलाउन सकिएन,आज खुलाउने प्रयासमा छौँ,पहिराेले सडकमा अत्यधिक क्षति पुर्‍याएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?