मिसाइल आक्रमणमा ६ जनाको मृत्यु

एजेन्सी । मिसाइल आक्रमणमा १० वर्षीया बालिका सहित ६ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीको गृहनगर‘क्रिभि रिह’शहरमा रुसले गरेको आक्रमणमा परी उनीहरूको मृत्यु भएको हो ।

६ लाख मानिसको बसोबास रहेको सो शहरमा मिसाइल आक्रमण भएको जनाउँदै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आवासिय भवन र विश्वबिद्यालयमा मिसाइल प्रहार भएको पुष्टी गर्नुभएको छ । साथै उहाँले घटनाले देशलाई आघात पुगेतापनि रुसी हमलाले नडराउने जनाउनु भयो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणमा ६९ जना घाइते भएका छन् । सो क्षेत्रका गभर्नर सेर्ही लिसाकले यो घटनापछी नगरमा एकदिने शोक घोषणा गर्नुभएको छ । सो शहर पछिल्लो समय रुसी आक्रमणको निशाना बन्दै आएको छ ।

आक्रमण लगत्तै सामाजिक सञ्जालमा ट्वीट् गर्दै उहाँले रुसले युक्रेनमाथि नरसंहार मच्चाएको आरोप पनि लगाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?