१२ चैत्र २०८१, मङ्लबार
१२ चैत्र २०८१, मङ्लबार

शनिबार सरकारी गाडी सरर , कसरी परे नेकपाको फन्दामा ?

डोटी ,श्रावण १३ : बिदाका दिन सरकारी गाडी चल्ने प्राय नेपालमा कुनै नौलो कुरा मानिंदैन । वास्तवमा सरकारी निकायमा बसेका मान्छेले राज्यले प्रदान गरेको स्रोत साधनको दुरुपयोग गर्नु राज्यप्रतिको ठूलो गैर जिम्मेवारी हो । अझै त्यसमा झन राष्ट्रसेवक कर्मचारी तथा जन प्रतिनिधि सामेल हुनु त जनताको कर प्रतिको मनोमानी हो । अर्को शब्दमा भन्ने हो भने यो दण्डहीनता हो । कानुनी राज्यको उपहास हो । तर नेपालको लागि यो भने एउटा संस्कार हो ।

त्यसै आज ( शनिबार ) डोटीको दिपायल सिलगढी नगरपालिकाको बाट विप्लव नेतृत्वको नेकपा डोटी जिल्लाका नेता कार्यकर्ताको पहलमा सरकारी गाडीमा नियन्त्रण गरेर सम्बन्धित निकायलाई बुझाइएको छ । नेकपाले दिपायल सिलगढी नगरपालिकाको कूलपातेबाट विभिन्न ठाउँबाट आएका ४ मोटर साइकल र २ वटा जिप नियन्त्रणमा लिएको हो । जसमध्ये एउटा मोटर साइकल दिपायल सिलगढी नगरपालिकाको वडा नं ४ का अधक्षको रहेको बताइएको छ । यसरी नियत्रणमा लिइएका गाडिहरु ट्राफिक कार्यालय डोटीलाई बुझाएको नेकपा डोटी जिल्ला सचिव मोहन सी ले बताए ।

‘बिदाको दिन प्राय सरकारी गाडी बिना पास चल्ने गरेको जनगुनासो आए पछि आज हाम्रो पार्टीले सडकमा अनुगमन गर्दा गाडिहरु पास बिना नै चलिरहेको पाए पछि नियन्त्रण लिएको हौ ‘ , सचिव मोहनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (86%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (14%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?