महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा दिईने !

गान्तोक । भारतीय राज्य सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा दिने घोषणा गरेका छन् ।

सिक्किमको स्टेट सिभिल सर्भिस अफिसर्स एशोसिएशनको वार्षिक बैठकलाई बुधबार सम्बोधन गर्दै तामाङले महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा दिने घोषणा गरेका हुन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार नयाँ बिदा लागू गर्न सेवा कानुन संशोधन गरिनेछ ।‘यो संशोधनबाट सरकारी कर्मचारीलाई आफ्ना बच्चा र परिवारको राम्रो हेरचाह गर्न मद्दत पुग्नेछ, तामाङको भनाइ उद्धृत गर्दै पीटीआईले भनेको छ ।

श्रीमती सुत्केरी भएका पुरुष कर्मचारीले पनि एक महिना बिदा पाउने छन् । मातृत्व लाभ अधिनियम १९६१ अनुसार महिला कर्मचारीले ६ महिना प्रसूति बिदा पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?