अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको केन्द्रीय समितिले डेढ बिघा जमिनमा धान रोप्दै

हेमन्त प्रकाश ओली साउन १० , दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले धान रोपाइँ सुरु गरेको छ ।

बुधबार संगठनको केन्द्रीय समितिद्वारा दाङको तुलसीपुर-१६ रावतगाउ शान्तीटोल स्थित करिव डेढ बिघा क्षेत्रफलको जमिन भाडामा लिइ धान रोपाइँ सुरु गरिएको हो ।

धान रोपाइँमा सहभागी पार्टीका राप्ती ब्युरो इन्चार्ज सविन सीले पार्टीको उत्पादन योजनालाई योजनाबद्ध ढंगले पकडेको प्रती धन्यवाद व्यक्त गरेका थिए ।

उनले ” पार्टीको आत्मनिर्भर उत्पादन प्रणालीलाई मजबुद तरिकाले संगठनले पकडेको हुँदा संगठनलाई बिशेश धन्यवाद दिँदै नेकपा मिसन उत्पादन अभियानमा रहेको बताए । उत्पादन मार्फत पार्टी र नेता-कार्यकर्तालाई आत्मनिर्भर बनाई समग्र देश र जनतालाइ आत्मनिर्भर बनाउने नेकपाको महान उद्धेश्य घनिभुत ढंगले अगाडि बढाइएको साथै पार्टीको उत्पादन कार्य निरन्तरतामा जाने उनको भनाइ थियो । ”

नेता सविनले निकट भविष्यमै नेकपाको नेतृत्वमा पार्टी , नेता-कार्यकर्ता र जनता आत्मनिर्भर हुने भन्दै बिश्वास व्यक्त गरेका छन् ।

यस्तै धान रोपाइँमा सहभागी संगठनका केन्द्रीय अध्यक्ष श्याम सीले ” बिप्रेसनमा आधारित नेपालको अर्थतन्त्रलाइ न्यूनीकरण गर्नका लागि र उत्पादन मार्फत देशलाई समृद्ध बनाउन सकिन्छ भने सन्देश प्रवाहका लागि पनि संगठनको केन्द्रीय समिती प्रत्यक्ष उत्पादन कार्यमा जोडिएको बताएका छन् ।

नेता श्याम सीले भने – ‘रेमिटेन्समा चलिरहेको अर्थतन्त्रले नेपाली नागरिकलाई परनिर्भर बनाएको छ । हामीले परनिर्भर अर्थतन्त्रलाई न्यूनीकरण गर्ने उदेश्यसहित धान रोपाइँ सुरु गरेका छौँ । हामी हाम्रै पालामा आत्मनिर्भर अर्थतन्त्रको विकास गरि देशलाइ समृद्ध पार्न चाहान्छौँ । नेपालमा दलाल पुजीवादी संसदीय सत्ताको विकल्पमा हामी वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा छौँ । अहिले हामी राजनीतिक व्यवस्था बदल्न हिडेका छौँ । साथसाथै हामिले समाजवादको अनिवार्य सर्त उत्पादनलाई पनि छोडेका छैनौं । यो निरन्तर अगाडि बढ्नेछ । आगामी वर्ष यो भन्दा सयौं गुणा बढाएर उत्पादन कार्यलाइ व्यवस्थित गर्दै जाने सोचेका छौँ ।‘

त्यसै गरी धान रोपाइँमा सहभागी संगठनका केन्द्रीय उपाध्यक्ष डिल्ली सीले ” कम्युनिस्ट पार्टी , संगठन , जनता कोहिपनी श्रमबाट छुट्नु हुदैन भन्ने सन्देश उत्पादनवाट दिन खोजेको वताए ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समितिको धान रोपाइँ भोलि साझसम्म सकिने संगठनले जनाएको छ ।

धान रोपाइँमा संगठनका केन्द्रीय समिती मातहतका नेता , स्थानीय पार्टी नेता-कार्यकर्ता एवम पार्टीका शुभेच्छुक , शुभचिन्तक तथा आम जनसमुदायको उल्लेख्य सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?