१ बैशाख २०८१, शनिबार
१ बैशाख २०८१, शनिबार

जनकपुर सुरक्षा अस्पतालका डाक्टर भागे बिरामी छोडेर

काठमाडौं । धनुषाको रामानन्दचोक स्थित जनकपुर सुरक्षा अस्पतालका डाक्टर बिरामी छोडेर भागेका छन् । शुक्रबार उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि उनी भागेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका – १५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको पाठेघरको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । उपचारमा संलग्न डाक्टरको लापरवाहीको कारण सोनियाको मृत्यु भएको भन्दै मृतकका आफन्त आक्रोशित बनेपछी उक्त आक्रोशित समूहले हिजो साहको शव अस्पतालको गेटमा राखेर प्रदर्शन गरेको थियो ।

उक्त घटनापछि चिकित्सकहरू अस्पताल छाडेर भागेको र अस्पतालका बिरामीलाई पनि अन्यत्र सारेर अस्पतालमा ताला लगाइएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमले अस्पताल प्रशासनले भएका बिरामीलाई अन्यत्रै सारेर डाक्टरहरू भागेको जानकारी दिएका छन् । घटनाबारे थप छानविन भइरहेको उनले भनाई छ ।

बुधबार पाठेघरको शल्यक्रियाका लागि सुरक्षा अस्पतालमा भर्ना भएकी साहको शुक्रबार दिउँसो उपचारको क्रममा मृत्यु भएको थियो । साहको मृत्युपश्चात् चिकित्सक तथा अस्पतालका स्वास्थ्यकर्मीले एम्बुलेन्समा राखेर उनको शव अन्यत्र लैजाने कोशिश गरेको थिए । सोही क्रममा मृतकका आफन्तहरूले अस्पताल घेराउ गरेर प्रर्दशन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?