११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार
spot_img

इटली जाँदै प्रधानमन्त्री , हेर्नुहोस कार्यक्रमहरु !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भ्रमणको लागि शनिबार इटाली प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेको हो ।

प्रधानमन्त्रीको इटाली भ्रमण टोलीमा उनको छोरी गंगा दाहाल, कृषिमन्त्री वेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत छन् । त्यहाँ उनले ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रमलाई सोमबार सम्बोधन गर्नेछन् ।

कार्यक्रमको साइडलाइनमा प्रधानमन्त्री प्रचण्डले खाद्य तथा कृषि संगठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)का कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)का अध्यक्ष लगायतका राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्रले जनाएको छ ।

राष्ट्रसंघको कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्डले इटालीमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । यसको आयोजना गैरआवासीय नेपाली संघ, इटालीले गर्नेछ । प्रधानमन्त्री प्रचण्ड साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?