१ बैशाख २०८१, शनिबार
१ बैशाख २०८१, शनिबार

१० हजार अमेरिकी डलरसहित एक जना विदेशी नागरिक पक्राउ

काठमाडौं । १० हजार अमेरिकी डलरसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आइतबार राति नेपाल एयरलाइन्सको जहाजबाट दुबई जान लागेका लेबनानी नागरिक एल यमन महम्मदलाई १० हजार अमेरिकी डलर पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार विमानस्थलका नियमित जाँचको क्रममा उनको साथमा १० हजार डलर फेला परेको हो । प्रहरी स्रोतले भन्यो,‘हामी विमानस्थलमा नियमित जाँच गरिरहेका थियौं। उहाँको साथमा १० हजार अमेरिकी डलर फेला पर्‍यो। रकमको स्रोतको विषयमा सोधपुछ गर्दा उहाँले उचित जवाफ दिन सक्नुभएन। त्यसैले पक्राउ गरिएको हो ।’

प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?