८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

अजयमेरुका तपेन्द्र सार्की केही दिन देखि बेपत्ता , खोजिदिन परिवारको अपील

डडेल्धुरा, असार ३१ : डडेलधुराको अजयमेरु गाउँपालिका ०५ का एक बालक केही दिन यता बेपत्ता छन । वडा नम्बर ०५ स्थित तल्पखा घर भएका करिब १६ वर्षीय तपेन्द्र सार्की असार २८ गते देखि हराएको परिवारले जानकारी दिएको छ ।

उक्त वडामै रहेको देवल दिव्यपुर माविमा कक्षा ७ मा अध्ययनरत सार्की घरबाट स्कूल जाने भनेर निस्किएका थिए । जो पछि घर नै फर्केनन । “ घर बाट स्कूल जान्छु भएर गएको थियो स्कूलनै नगई कता पो बेपत्ता भयो । खोजीकार्यका जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी देवल दिब्यपुरमा उजुरी गरेका छौं , पारिवारिक स्रोतले भन्यो ।

 केही दिन देखि बेपत्ता तपेन्द्र सार्की 

बुबा भानी सार्की र आमा मिना सार्कीका छोरा समेत रहेका तपेन्द्र केही दिन यता घर नआएपछि परिवारले खोजिदिनका लागि सबैलाई अपील गरेको छ । उनीहरूले प्रहरी कहा पनि खोजी गरिदिनका लागि उजुरी गरेका छन ।

सामुदायिक विद्यालयको युनिफर्ममै रहेका तपेन्द्रलाई कहीं कतै देखेमा नजिकको प्रहरी चौकीमा अथवा आफूहरुलाई जानकारी गराई दिन परिवारजनले आग्रह गरेका छन ।

भेट्न हुनेले सम्पर्कका लागि :
सम्पर्क नं : ९८६८७५८७२२
वाट्सब न : +९१९०१५२३२९२३

https://www.facebook.com/smaile.love.148

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (92%)
  • अचम्मित (8%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?