बाढीका कारण २२ जनाको मृत्यु, १४ जना बेपत्ता

एजेन्सी । दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता भएका छन् ।

अधिकारीहरूका अनुसार, दक्षिण कोरिया आफ्नो ग्रीष्मकालीन मनसुनको मौसमको चरमोत्कर्षमा छ र विगत तीन दिनदेखि भारी वर्षा भइरहेको छ। बर्षाका कारण व्यापक बाढी र पहिरो निम्त्याएको छ।

भारी बर्षाका कारण यहाँको एक प्रमुख बाँधको माथिल्लो भागमा पानीको सतह चढेको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार भारी वर्षाका कारण २२ जनाको मृत्यु भएको छ भने अन्य १४ जना हराएका छन् ।

बाढीका कारण मृत्यु हुने १६ जना र बेपत्ता नौ जनासहित अधिकांश उत्तरी ग्योङसाङ प्रान्तका बासिन्दा रहेका छन् । यहाँ मुख्य कारण पहाडी क्षेत्रमा आएको ठूलो पहिरोका कारण घरभित्र रहेका मानिसहरू पुरिएका छन् ।

योन्हाप समाचार संस्थालाई एक आपतकालीन उद्धारकर्ताले बताएअनुसार अति प्रभावित क्षेत्रमा घरहरू सग्लै बगेका थिए । गोसान बाँधमा पानीको बहाव बढ्न थालेपछि गोसान काउन्टीका छ हजार ४०० भन्दा बढी बासिन्दालाई शनिबार बिहानै खाली गर्न आदेश दिइएको गृह मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?