रिक्त रहेका ६ नियोगमा राजदूत सिफारिस

काठमाडौं । सरकारले रिक्त रहेका ६ नियोगमा राजदूत सिफारिस गरेको छ ।

सात नियोगहरूमा राजदूत खाली भएको रहेको हुँदा उक्त मध्य क्यानडाबाहेक अन्य स्थानमा करिअर राजदूतहरूलाई सिफारिस गरेको हो ।

बिहीबार राजदूत सिफारिस गरिएको परराष्ट्र द्वारा जनाइएको छ । तर यो सूचीमा परराष्ट्र सचिव भरतराज पौड्याल भने परेका छैनन् । उनको यही वर्षको मंसिरमा उमेर हदका कारण कार्यकाल सकिँदैछ । मन्त्रिपरिषद्को निर्णयअनुसार ६ जना मन्त्रालयका सहसचिवहरूलाई राजदूतमा सिफारिस गरिएको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव लोकबहादुर थापालाई सिफारिस गरिएको छ । थापा बेल्जियमका लागि नेपालका पूर्वराजदूत हुन् भने अहिले मन्त्रालयमा उत्तरपूर्वी एसियाका महाशाखा प्रमुखका रूपमा कार्यरत छन् । उनीबाहेक बाँकी ५ जना सहसचिव पहिलो पटक राजदूतमा सिफारिस भएका हुन् ।

यस्तै, जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव रामप्रसाद सुवेदीलाई सिफारिस गरिएको छ । उनी मन्त्रालयमा दक्षिण एसिया महाशाखा प्रमुखको रूपमा कार्यरत थिए ।

प्रोटोकल डिभिजनका प्रमुख सुधीर भट्टराईलाई फ्रान्सका लागि राजदूतमा सिफारिस गरिएको छ । यस्तै, प्रशासन प्रमुख धनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भएका छन् ।

सहसचिव तेजबहादुर क्षेत्रीलाई यूएईको राजदूतमा सिफारिस गरिएको छ । उनी अहिले मन्त्रालयमा मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख छन् । सहसचिव धनबहादुर वली थाइल्यान्डको लागि राजदूत भएका छन् । उनी अहिले क्षेत्रीय संगठन महाशाखामा प्रमुखका रूपमा कार्यरत छन् । कान्तिपुरबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?