२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार

पक्राउ परेका कलाकारहरु ५/५ हजार धरौटी बुझाएर रिहा

काठमाण्डौ असार २७ : कलाकारहरु मरिचमान श्रेष्ठ बल्छी ध्रुवे, राजु मास्टर लगायतका कलाकार र युट्युवरहरु धरौटीमा रिहा भएका छन्।

वान एक्स बेटिङमार्फत् सट्टेबाजी खेलाएको र विज्ञापन गरेको आरोपमा पक्राउ परेका उनिहरु मध्ये १० जनालाई जिल्ला अदालत काठमाण्डौले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

अदालतको आदेश लगत्तै उनीहरुले अदालतले तोकेको ५ । ५ हजार धरौटी बुझाएर छुटेका हुन्।

जिल्‍ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार काठमाडौं जिल्ला अदालतले बुधबार १० जनासँग धरौटी माग गरी छाड्न आदेश दिएसँगै छुटेका थिए।

प्रहरीले यस घटनामा कैलाली घर भई काठमाडौं बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी श्रीमती अनिता धिताललाई मुख्य अभियुक्तको रूपमा मुद्दा पेश गरेको थियो। खड्कासँग अदालतले १० लाख र धितालसँग ५ लाख धरौटी माग गरेको छ।

विज्ञापन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार एवं युट्युबरहरूलाई भने ५(५ हजार धरौटीमा छाड्न आदेश दिएको हो।

युट्युबर एवं कलाकारहरू जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा (जिडी), बेगम नेपाली (भटभटे माइला), मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडु बुढो), रोशन खतिवडा (पिके भाइन्स पवन खतिवडा) पक्राउ परेका थिए।

सरकारी वकिलले अभियुक्त खड्का र धितालविरूद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कसुर गरेको भन्दै उनीहरूसँग ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो माग गरेको थियो।

राष्ट्र बैंकको ऐन अनुसार बिगो जफत गरी बिगो रकमको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुबै सजाय हुने उल्लेख छ।

मुलुकी अपराध संहिता, २०७४ दफा १२५ अनुसार जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअनुसार एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न पनि माग गरेको थियो। त्यसबाहेक उनीहरू दुबैविरूद्ध एकीकृत कसुर बापत थप सजायको माग गरेको थियो।

त्यस्तै युट्युबरहरू एवं कलाकारहरूविरूद्ध विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार कसुर मागदाबी गरिएको थियो। उक्त कसुर अनुसार एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना गर्न माग गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?