२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

एसईईको ग्रेडवृद्धि परीक्षाको आवेदन फारममा मनोमानी शुल्क असुल्दै डोटीका सामुदायिक विद्यालय

कञ्चनपुर : भर्खरै मात्र कक्षा १० (एसईई) को परीक्षकको नजिता सार्वजनिक भएको छ । नतिजा सर्वाजनिक भए संगै राष्ट्रिय परीक्षा बोर्डले ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीले आवेदन फाराम भर्न सूचना जारी गरेको छ ।

बोर्डले निकालेको सूचना अनुसार परीक्षा फारामको शुल्क ५०० हुने भनेर स्पष्ट तोकि पनि दिएको छ तर डोटी जिल्ला क्षेत्रका विद्यालयले भने मनोमानी रूपमा विद्यालयका प्रधानाध्यापकहरुले सूचना नै जारी गरेर ५५० रु सम्म शुल्क लिइरहेको जानकारी प्राप्त भएको छ । जिल्लाको पूर्वीचौकी ६ मा रहेको सिसु सुधार माविले एसईईको ग्रेड वृद्धि परीक्षा आवेदन फाराम शुल्क ५५० लाग्ने भनेर सूचना नै निकालेको छ । त्यसैगरी केआईसिंह ५ मा रहेको श्री सरस्वती मावि र दिपायल सिलगढी नगरपालिका ४ कुमालिकोट स्थित श्री कुमालीकोट मावि विद्यालयले पनि ५५० शुक्ल लिने सूचना जारी गरेको छ । तर डोटिकै केही विद्यालयले भने ५०० शुल्क मै आवेदन फाराम बुझिरहेको पनि खुल्नमा आएको छ ।

यो विषयमा हामीले प्रधानाध्यापकहरुलाई सम्पर्क गर्न खोज्दा उनीहरूलाई सम्पर्क हुन भने सकेन । शिक्षा विकास तथा समुन्वय इकाई समिति कार्यालय डोटीका परीक्षा फाँटका प्रमुख टीकाराम जोशीले आफूलाई आवेदन फाराम शुल्क बढी लिएको जानकारी नभएको बताए । “ यो विषयमा कुन स्कूलले कति लिएको छ थाहा छैन तर बोर्डले तोकेको मापदण्ड भन्दा बढी शुल्क विद्यालयले लिन पाउँदैन , यदि बढी शुल्क लिइएको छ भने त्यो फिर्ता गर्न लगाउँछौ ।” उनले युग प्रेस डटकम सँगको कुराकानीमा बताए ।

यसैगरी विद्यार्थी राजनीतिमा सक्रिय विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका डोटी जिल्ला इन्चार्ज प्रकाश सी ले see विद्यार्थीको ग्रेड वृद्धिका लागि राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क भन्दा बढी लिनु विद्यार्थीको हित विपरीतको कार्य रहेको बताएका छन् । गैरन्यायिक ढंगले लिइएको उक्त शुल्क खारेज गरिनु पर्छ अन्यथा आफ्नो संगठन त्यसको विरुद्ध संघर्स गर्ने उनको भनाइ छ ।



मापदण्ड भन्दा बढी शुल्क लिने विद्यालयहरु !

डोटीका विभिन्न विद्यालयले राष्ट्रिय परीक्षा बोर्डले तोकेको मापदण्ड विपरित गएर शुल्क लिन नपाइने अन्य सरोकारवालाहरुको भनाइ छ ।

राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्कको सूचना !

यसरी विद्यार्थीहरुले कम्तीमा २ विषयमा ग्रेड वृद्धि गर्न पाउने बोर्डले जनाएको छ र आवेदन फाराम भने साउन २१ गते सम्म शिक्षा विकास तथा समन्वय इकाईमा बुझाइ सक्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डको सूचना छ ।



तोकिएको शुल्कमै आवेदन लिने स्कूलहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?