काठमाडौं । युक्रेनको पूर्वी डोनेस्क क्षेत्रको एक आवासीय क्षेत्रमा भएको आक्रमणमा कम्तीमा आठजनाको मृत्यु भएको छ ।
बीबीसीलेका अनुसार युक्रेनको आन्तरिक मन्त्रालयले लाइमन सहरमा रुसी गोलाबारीमा अन्य १३ जना घाइते भएका छन् ।
एउटा घर, एउटा छाप्ने पसल र तीनवटा कारमा आगलागी भएको थियो । जसलाई उद्धारकर्ताहरूले निभाएको मन्त्रालयले जनाएको छ ।
यो देशले आक्रमणको ५००औँ दिनलाई चिन्ह लगाउँदै आएको छ । गत महिना सुरु भएको युक्रेनको प्रतिआक्रमण पूर्वी डोनेट्स्क र दक्षिण–पूर्वी जापोरिज्जिया क्षेत्रमा जारी छ ।
लिमानको सानो सहर डोनेट्स्कको प्रमुख रेलवे हब हो । यो सुरुमा रूसले कब्जा गरेको थियो तर अक्टोबरमा युक्रेनको सेनाले पुनः कब्जा गरेको थियो ।