काठमाडौं । आदिपुरुष चलचित्रका लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । नेपाल र भारत मा विभिन्न कारणले विवादित बनिरहेको चलचित्रका लेखकले ट्वीटर मार्फत माफी मागेका हुन् ।
उक्त फिल्मले सनातनी हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रुपमा देखाएको भन्दै सवत्र आलोचना खेपिरहेको थियो ।
ट्वीटर मार्फत माफी माग्दै उनले ‘आदिपुरुष फिल्मबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु, मेरा सबै दाजुभाइ दिदीबहिनी,ज्येष्ठ नागरिक , आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निःशर्त माफी चाहन्छु,’उनले ट्वीटरमा माफी माग्दै अगाडी लेखेका छन, ‘भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटूट रहन र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति प्रदान गरुन ।’भनेर लेखेका छन् ।
नेपाली चेली सितालाई भारतीय भनेर प्रचार गराएको भन्दै नेपालमा सो फिल्म प्रतिबन्ध लगाइएको थियो भने उनले लेखेका संवाद र भिएफएक्सका कारण रामायणका पात्रहरुलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै भारतका बिभिन्न अदालतमा सो फिल्म बिरुद्ध मुद्धा दर्ता भएको थियो ।
टपोरी भाषामा फिल्मका संबाद राखिएको भन्दै बिबादमा परे पछि केही संबाद सच्चाए पनि लेखक शुक्लाले आलोचनाहरुको प्रतिवाद गर्दै आएका थिए, जसकाकारण सो फिल्म आफनो लगानीसमेत उठाउन नसकेर फ्लप भएको थियो ।