तातोपानी गाउँपालिकामा छात्रवृत्ति शीर्षकमा रु १५ लाख रकम विनियोजन

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले पालिका भित्रका जेहेन्दार,दलित तथा अल्पसंख्यक छात्रछात्राहरुलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । आर्थिक वर्ष २०८०।८१ को नीति, कार्यक्रम र बजेटमा उक्त निर्णय गरीएको हो ।

यहाँका विद्यार्थीले मान्यत प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परिक्षा उत्तिर्ण भएको खण्डमा उक्त विद्यार्थीलाई पहिलो वर्षको पढाई खर्चका लागि प्रत्येक वर्षमा एक जनालाई एमबिबिएस छात्रवृत्ति शीर्षकमा रु १५ लाख रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए ।

चिकित्साशास्त्रमा स्नातक तह (एबिबिएस) अध्ययन गर्ने विद्यार्थीलाई निति तथा कार्यक्रमबाट बजेटको व्यवस्थापन गरेका छौ । अध्यक्ष चौलागाईले भन्नुभयो, “ पालिकाको दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने भएको छ । ”

एबबिबिएस अध्ययन गर्नलाई एक वर्षको अध्ययन शुल्कमा प्रति वर्ष एक जना विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्ति पालिकाले उपलब्ध गर्ने तातोपानी गाउँपालिका अध्यक्ष चौलागाईको भनाइ छ ।

एमबिबिएस प्रवेश परिक्षामा पास भएका तातोपानीका विद्यार्थीकालागि छात्रवृत्तिको व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?