आलमगीर तरिनले हाने आफैलाई गोली

एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) फ्रेन्चाइज मुल्तान सुल्तान्सका मालिक आलमगीर तरिनले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् ।

लाहोरको गुलबर्ग क्षेत्रमा रहेको उनको घरमा ६३ वर्षीय व्यापारीको शव फेला परेको थियो । आलमगीर पाकिस्तानको दक्षिणी पञ्जाबमा पानी शुद्धीकरणको व्यवसाय गर्थे । ६३ वर्षीय आलमगीर अमेरिकाको येल विश्वविद्यालयका विद्यार्थी पनि थिए । पाकिस्तानी मिडियाका अनुसार उनको आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

उनको टोलीको कप्तानी पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले गरेका छन् ।

मुल्तान सुल्तान्सका सीईओ हैदर अजहरले यो कुराको पुष्टि गरेका छन् । अजहरले तरीनको परिवारप्रति गहिरो दुःख र समवेदना व्यक्त गरेका छन् । अजहरले लेखेका छन्, ‘आलमगीर तरिन हाम्रो टोलीका विशेष सदस्य हुनुहुन्थ्यो । उहाँको आकस्मिक र असामयिक निधनले हामी मर्माहत भएका छौं । हाम्रो प्रार्थना यस कठिन समयमा उहाँको परिवारसँग छ ।’

आलमगीरले आफ्नो भतिजा अली खान तरिनसँग २०१८ मा सुल्तान्स फ्रेन्चाइजी किनेका थिए । तरीन परिवार लामो समयदेखि दक्षिण पञ्जाबमा बस्दै आएको छ । जसको राजधानी मुल्तान हो । २०२१ मा, आलमगीरले आफ्नो भतिजाको शेयर खरिद गरेर टोलीको पूर्ण स्वामित्व लिए ।

मुल्तान सुल्तान्सले २०२१ मा पहिलो पटक पीएसएलको उपाधि जितेको थियो । टोलीले फाइनलमा पेशावर जाल्मीलाई ४७ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?