५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

कोशी संसदीय दलका नेता हिक्मत कार्की पुगे सर्बोच्च

काठमाडौं । नेकपा एमाले कोशीका संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की सर्बोच्च पुगेका छन् । कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै कार्की सर्वोच्च अदालत पुगेका हुन् ।

प्रदेश सभा सभामुखको समेत हस्ताक्षर जोडेर बहुमत देखाई नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न एमाले संसदीय दलका नेता कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् ।

कार्कीले संविधानको धारा १६८ (२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेश द्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेका छन् ।

उक्त उपधारा अनुसार प्रदेश सभामा रहेको सबभन्दा ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्ने परमादेश माग्दै कार्की सर्वोच्च पुगेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?