उत्पादन संग जोडिने उदेश्य सहित धान खेती गर्दै नेकपा कञ्चनपुर

कञ्चनपुर , २१ असार : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरले पहिलो चरण करिब दस कट्ठा जग्गामा उत्पादन कार्य अन्तर्गत धान खेती गर्ने भएको छ । नेकपाले बिहीबार जिल्लाको शुक्लाफाँटा नगरपालिका ०७ स्थित जग्गा भाडामा लिएर धान रोप्ने कार्य सम्पन्न गरेको हो ।

पार्टीले लिएको उत्पादन नीति अन्तर्गत आफूहरुले कञ्चनपुर जिल्लामा धान खेती गर्न लागेको नेकपा कञ्चनपुर सचिव दिवार सी ले बताएका छन । उनले भने ,“ पार्टी र नेता कार्यकर्ता आत्मनिर्भर बनाउने उदेश्यका साथ हामी श्रम र उत्पादनमा जोडिएका छौं । सुरुवाती चरण धान खेती लगाउँदै छौं र बिस्तारै यो उत्पादन कार्यलाई व्यवसायिकता संग जोड्ने योजना छ ।”

धान रोपाइँमा नेकपा केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज समर सी, नेकपा जिल्ला इन्चार्ज विराट सी लगायत अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव प्रकाश सी र केन्द्रीय सदस्य ललित सी,मजदुर संगठनका केन्द्रीय सदस्य कमल सी लगायत अन्य नेता कार्यकर्ता र जनताको उपस्थिति थियो ।

त्यस्तै नेकपाले यस वर्ष मात्रै देशैभरि विभिन्न क्षेत्रमा उत्पादनका कार्यहरु गरिरहेको छ । कपिलवस्तु , चितवन , बर्दिया , सुनसरी, कैलाली लगायत धेरै जिल्लामा करिब ४० बिघा भन्दा बढी जमीनमा नेकपाले उत्पादन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?