काठमाण्डौं : रवि लामिछानेविरुद्ध पटक-पटक मुद्दा हाल्दै चर्चामा आएका युवराज पौडेल (सफल)ले पार्टी खोल्न लागेका छन् ।
उनले खोल्न लागेको नयाँ दलको नाम ‘स्वतन्त्र नेपाली पार्टी’ राखिएको छ । पार्टी दर्ताको प्रक्रिया अघि बढिसकेको र पार्टीको नीति मौलिक हुने उनले जानकारी दिएका छन् ।
उनले आफ्नो पार्टीले कुनै पनि आयातीत वाद नअँगाल्ने उनले बताएका छन् । पार्टीको सिद्धान्त नेपालवाद रहने उनले बताए । पार्टीले राजालाई पनि स्थान दिने उनको भनाइ छ ।
सफलले सामाजिक सञ्जालमा पार्टीको सदस्यताको आह्वान पनि गरेका छन् ।