कञ्चनपुर , १९ असार : कञ्चनपुरमा करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । मंगलबार जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं ५ बाट पवन प्रसाद उपाध्याय र अम्मर बहादुर खत्रीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।
पीडित भनिएकी (ङ) कुमारी (नाम परिवर्तित) ले इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा जाहेरी दरखास्त दिएपछि प्रहरीले निज अभियुक्तहरुलाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका दुवै जनालाई कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।