काठमाडौं ।बाढीमा हराएका सुपर हेवा कम्पनीका चालकको भेटियो सब भेटिएको छ । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ दुम्कट्टामा फेला परेको चालक थारूको शव सोमबार आफन्तले जिम्मा लिएपछि जिल्ला अस्पताल सङ्खुवासभामा शवप रीक्षण गरिएको हो ।
गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले हेवा खोलामा बेपत्तामध्ये एकजनाको शव चैनपुर–११,दुम्कट्टामा फेला परेको । थारूको सोमबारै खाँदबारी नगरपालिका–९ स्थित मनकामनाघाटमा थारू परम्पराअनुसार अन्त्यष्टि गरिएको छ।
यही असार १४ गते दुम्कट्टामा फेला परेको बर्दियाका कालीराम थारू रेहको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । थारू सुपर हेवा कम्पनीका सहायक चालक रहेको प्रहरीले जनाएको छ ।
बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन्। बाढीपहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् ।
चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो। बाढीले तीनवटा पक्की पुलमा क्षति पु¥याको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको छ।