कोशी प्रदेशमा कांग्रेसलाई दिने गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले थापालाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गर्दै त्यही अनुसारको तयारी गर्न निर्देशन दिने निर्णय गरको हो ।

एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले कोशी प्रदेशभित्र सवैभन्दा ठूलो संख्या कांग्रेसको रहेकाले बाँकी सीट संख्या पुराउने जिम्मा पनि कांग्रेसलाइ नै दिइएको बताए । बैठकले बिभिन्न प्रदेशमा मन्त्रीमण्डलमा राख्नुपर्ने सदस्यहरुको पनि टुङ्गो लागेको उनले जानकारी दिए ।

त्यस्तै जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने र मन्त्रालयका बारेमा उचित निष्कर्ष निकाल्ने सहमति भएको उनले बताए । बैठकमा बिभिन्न विश्वविद्यालयका पदहरुको व्यवस्थापन गर्ने बिषयमा पनि छलफल भएको पाण्डेले बताए ।

गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सभा बैठकमा शुक्रबार विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको लागि आह्वान भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

spot_img

छुटाउनुभयो कि ?