२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

आज दशैभरिका अदालतहरुमा बन्दीप्रत्यक्षीकरण बाहेक मुद्दामा बहस नगरिने

काठमाडौँ । नेपाल बार एसोसिएसनले आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने अडान लिएको छ ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा आज दशैभरिका अदालतहरुमा बन्दीप्रत्यक्षीकरण बाहेक मुद्दामा बहस पैरवी नगर्ने उल्लेख छ ।

अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा बारले आज बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाइएको हो ।

बारले यसका लागि देशभरिका बार इकाई, वरिष्ठ अधिवक्ता, अभिवक्तालाई बन्दीप्रत्यक्षीकरण बाहेक मुद्दामा बहस पैरवी नगर्ने सूचित गरेको जनाइएको छ ।

जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । सोही विरोधमा बारले उक्त घोषणा गरेको हो ।

बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने, लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्नेमा समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?