२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

बिपी प्रतिष्ठानको कायममुकायम उपकुलपतिमा डा. कार्की

काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरानमा डा. प्रह्लाद कार्की कामयमुकायम उपकुलपति नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति मन्त्री मोहनबहादुर बस्नेतले डा.कार्कीलाई कायममुकायम उपकुलपति नियुक्त गरेका हुन्।

प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी पदबाट निलम्बित भएपछि रिक्त रहेको उपकुलपति पदमा सहकुलपति एवं स्वास्थ्य मन्त्री बस्नेतले डा.कार्कीलाई कामु उपकुलपति नियुक्त गरेको स्वास्थ्य मन्त्रालयका सचिव डा.रोसन पोखरेलले जानकारी दिए।

सचिव डा.पोखरेलका अनुसार कानुनी सल्लाहकारसँग रायसल्लाह लिएर नै बाँधा फुकाउन सहकुलपतिस्तरीय निर्णय गरिएको हो। ‘सहकुलपतिको निर्णय हो। निमित्त र कायममुकायम नियुक्तिको व्यवस्था छ। बाधा फुकाउ गर्न पाइन्छ। कानुनी सल्लाहकारसँग राय लिएर नै निर्णय भएको हो,’टेलिफोन सम्पर्कमा उनले भने, ‘कानुनी प्रक्रियाबाट उपकुलपतिमा डा.ज्ञानेन्द्र गिरी फेरि आउनुभयो भने उहाँले छोड्नुहुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?