मालपोतमा कार्यरत १० जना कर्मचारी ललित निवास प्रकरणमा सामेल

काठमाडौं । ललिता निवास प्रकरणमा मालपोतमा कार्यरत दस जना कर्मचारी सामेल भएको पाइएको छ ।

काठमाडौं र भक्तपुरका मालपोतमा कार्यरत १० जना कर्मचारी र दुई बिचौलियाले सरकारी जग्गा व्यक्तिका नाममा सार्ने क्रममा बकसका रूपमा २२ रोपनी १० आना जग्गा घुस लिएको भेटिएको हो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले केहि दिनअघि भाटभटेनीका मालिकसहित ७ जनालाई पक्राउ गरेपछि बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको चर्चा चुलिएको छ ।

सरकारको स्वामित्वमा रहेको ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना गर्दा कर्मचारी र बिचौलियाले २२ रोपनी १० आना जग्गा घुस लिएको भेटिएको छ ।

यो जग्गा २०२१ सालमा नै अधिग्रहण गरी क्षतिपूर्ति समेत दिएर सरकारको नाममा ल्याइएको थियो । उनीहरुले सरकारको नाममा रहेको जग्गा नक्कली कागजपत्र बनाएर सुवर्णशमशेर राणाका परिवारको नाममा लैजान सहयोग गरेका थिए । यसरी जग्गा फिर्ता गर्न सहयोग गर्नेलाई राणा परिवारले घुसबापत जग्गा बकस दिएका थिए ।

सुवर्णशमशेरका कान्छा छोरा रुक्मशमशेर राणाले सरकारका नाममा गएको जग्गा फिर्ता आउने विश्वास दिलाएका कारण काम भइसकेपछि कर्मचारीहरूलाई जग्गा बकस पास गरेर दिएको प्रहरीसँगको बयानमा भनेका छन् ।

गत मंगलबार पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्य, मालपोत विभागका शाखा अधिकृत प्रेमबहादुर खापुङ, राष्ट्रिय योजना आयोगका तत्कालीन शाखा अधिकृत गेहनाथ भण्डारी, डिल्लीबजार मालपोतका अधिकृत धर्मप्रसाद गौतम, नासु जगत पुडासैनी र डिल्लीबजार मालपोतका प्रमुख रहेका कलाधर देउजाले पनि जग्गा लिएको भेटिएको छ ।

त्यस्तै, डिल्लीबजार मालपोतका मालपोत अधिकृत सुरेन्द्रमान कपाली, तत्कालीन नासु युक्तप्रसाद श्रेष्ठ र समरजंग कम्पनीका सहलेखापाल विनोदप्रसाद पौडेलले पनि जग्गा बकसका नाममा घुस लिएका छन् । उनीहरूमध्ये मुकुन्द आचार्य र युक्तप्रसादको मृत्यु भइसकेको छ ।

शाहले ललिता निवासको जग्गा हडप्न भूमिका खेलेवापत पाएको पाँच रोपनी दुई पैसा दुई दाम जग्गा श्रीमती उर्मिला शाहको नाममा साप गरेका थिए, जुन पछि बिक्री गरिसकेका छन् ।

त्यस्तै मालपोत विभागका पूर्वमहानिर्देशक आचार्यले ज्वाइँ वैकुण्ठ शर्मा रेग्मीको नाममा एक रोपनी लिएका छन् । प्रेमबहादुर खापुङले श्रीमती खिमादेवी आङबुहाङ तथा सालोकी श्रीमती शशिकला सुब्बाको नाममा तीन रोपनी एक आना दुई पैसा जग्गा लिएका छन् ।

भण्डारीले श्रीमती भुवनकुमारी र सासू सोदाकुमारी चापागाईंको नाममा १० आना लिएका छन् । केही जग्गा सुधीर शाहपत्नी उर्मिला र भुवनकुमारीको नाममा संयुक्तसमेत भेटिएको छ । मालपोत अधिृकत गौतमले सालीका छोरा मोहनप्रसाद भट्टराईको नाममा खिमा र शशिकला सुब्बासँग संयुक्त रूपमा लिएका छन् ।

जगत पुडासैनीले दिदी मिठुदेवीका नाममा चार रोपनी दुई आना, कलाधर देउजाले साढुभाइ इन्द्रबहादुर थापाको नाममा लिएका थिए । उनले मिठुदेवी चापागाईंसँगको संयुक्त नाममा पास गरेका विवरण छ ।

सुरेन्द्रमान कपालीले भतिजा बुहारी शान्तिदेवी प्रधानांगको नाममा मिठुदेवीसँगै संयुक्त रूपमा जग्गा लिएको पाइएको छ  । युक्तप्रसाद श्रेष्ठले बहिनीको नाममा एक रोपनी १३ आना तथा श्रीमती सरस्वतीको नाममा मिठुदेवीसँग संयुक्त रूपमा लिएका थिए ।

समरजंग कम्पनीका सहलेखापाल विनोद पौडेलले श्रीमती विद्या पौडेल गौतमको नाममा १४ आना बकस पाएका थिए । राणा परिवारले सरकारबाट आफ्नो नाममा जग्गा आएपछि बिचौलियाद्वय रामकल्याण अधिकारी र रामनाथ घिमिरेलाई पनि क्रमशः २ रोपनी १२ आना र ३ रोपनी ४ आना जग्गा दिएको भेटिएको छ ।

उनीहरूमध्ये घिमिरेको भूमाफिया तथा कर्मचारीसँगको सम्बन्ध प्रहरीले पत्ता लगाउन सकेको छैन । उनी फरार छन् । उनीहरू मालपोतका साक्षीसमेत बसेको खुलेको छ । घुसबापत जग्गा लिने सम्बन्धित कर्मचारी र आफन्तलाई समेत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?