फ्रान्सको सहर मार्सेलीमा पुलिस र दंगाकारीहरूबीच झडप

काठमाडौं । फ्रान्सको सहर मार्सेलीमा पुलिस र दंगाकारीहरूबीच झडप भएको छ । पोइन्ट–ब्ल्यांक दायरामा प्रहरीले गोली हानेर एक किशोरको मृत्यु भएपछि उक्त विरोधमा फ्रान्सेली हरु सडकमा उत्रेका हुन् ।

भिडियोहरूले प्रहरीले अश्रु ग्यास प्रयोग गरेको देखाउँदछ, किनकी अधिकारीहरूले दक्षिणी सहरमा कम्तीमा ५६ जना पक्राउ गरिएको बताएका छन् । तर,मध्य पेरिसमा भारी प्रहरी उपस्थितिले विरोध प्रदर्शनलाई निरुत्साहित गरेको देखिन्छ ।

पेरिसको उपनगरीय सहर नान्टेरेमा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा रोकिएपछि नाहेल भनिने १७ वर्षीय किशोरको मृत्युपश्चात् यो घटना भएको हो ।

छन् ।

शनिबार दोस्रो रात देशभर करिब ४५ हजार प्रहरी परिचालन गरिएको छ । शुक्रबार राति एक हजार ३०० र बिहीबार ९०० भन्दा बढी पक्राउ परेका छन् ।

मार्सेलीमा शनिबार साँझदेखि नै प्रहरी र दंगाकारीबीच ठूलो झडप भएको छ । अनलाइन प्रसारित फुटेजमा, प्रहरीले सहरमा मानिसहरूविरुद्ध अश्रु ग्यास प्रयोग गरेको देख्न सकिन्छ ।

भिडियोमा मार्सेलीको मुटुमा रहेको मुख्य मार्ग ला क्यानेबियरमा भएको झडपहरू देखाइएको छ ।

फ्रान्सेली सञ्चारमाध्यमका अनुसार उक्त क्षेत्रमा दंगा गर्ने र अफिसरहरूको ठूलो समूहबीच एक घण्टाभन्दा बढी समयदेखि झडप भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

spot_img

छुटाउनुभयो कि ?