४० बिघामा धान रोपेर धान दिवस मनाउदै विप्लव नेतृत्वको नेकपा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले ४० विघा खेतमा रोपाईं गरेर धान दिवस मनाउँने भएको छ। सो पार्टीका महासचिव विप्लवसी ले देशैभर ४० विघा खेतमा रोपाईं गरेर आज अर्थात् असार १५ गते धान दिवसको उद्घाटन गर्ने बताएका छन ।

महासचिव विप्लवसी ले सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत पार्टी केन्द्र, ब्यूरो, जिल्ला कमिटी र जनवर्गीय संगठनहरुले एक सय विघामा धान लगाउने बताएका छन । उनले आत्मनिर्भर पार्टी र आत्मनिर्भर उत्पादन नीति अनुरुप विभिन्न जिल्लामा धान लगाउन थालिएको बताए ।

महासचिव विप्लवसी ले भने – ‘आत्मनिर्भर पार्टी र आत्मनिभर उत्पादन अघि सारेका छौं । यसको चर्चा र विश्लेषण व्यापक छ । यसलाई प्रयोगमा लैजाँदा अत्यन्तै विश्वास र समर्थन पाएका छौं । असार १० गतेदेखि असार ३० गतेसम्म वर्षे बाली उत्पादन गर्न महासचिवदेखि पार्टी सदस्य जनवर्गीय संगठनका नेता कार्यकर्ता उत्पादनमा लाग्ने छौं ।’

उनले पार्टीका केन्द्रीय नेताहरु सहभागी भई बर्दिया, कपिलवस्तु, चितवन, सुनसरी, सिन्धुली, सल्यानमा ४० विघाभन्दा उत्पादन गर्न लागेको जानकारी दिदै आफुहरुको यो अभियानले किसानलाई उत्प्रेरित गर्नुका साथै कृषिमा थोरै भएपनि योगदान गर्ने अपेक्षा लिएको बताए । महासचिव विप्लवसी ले पार्टी उत्पादनमा लागेपछि नेता कार्यकर्ता मात्रै नभई सर्वसाधारणमा समेत सकारात्मक प्रभाव परेको बताए ।

अन्य संसदीय राजनीतिक पार्टी वा सरकार पक्षले पनि आजको दिन औपचारिकतामा धान दिवसको रूपमा मनाउने गरेको पाइन्छ । तर नेकपाले भने कृषि आम सर्वसाधारणको चासो बढाउन र आम राजनीतिज्ञमा उत्पादन र श्रम संग जोडिने संस्कृतिको निर्माण गर्न उत्पादन क्षेत्रमा लागेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?