बागमती । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।
उक्त बैठक प्रदेश सभा भवन, हेटौडामा बिहान ११ बजे बस्ने बताइएको छ । प्रदेशसभामा आजबाट असार १ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल सुरु हुनेप्रदेशसभा सचिवालयले बताएका हुन् ।
हिजोका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाको अवरोधका कारण अवरुद्ध भएको थियो। एमाले र राप्रपाले बजेटमा भेदभाव भएको भन्दै अवरोध गरेका थिए।
आज सहमति कायम गरेर बैठक बस्न लागेको हो। आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले गत असार १ गतेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए।














