अवैध मेडिकल सञ्चालन प्रकरण : ११ जना भारतीय विरुद्ध कञ्चनपुर अदालतमा मुद्धा

गाँजा जलाएर नष्ट गर्यो कञ्चनपुर प्रहरीले !

कञ्चनपुर ,१२ असार : कञ्चनपुरमा अवैध मेडिकल सञ्चालन ल्याएर औषधि बिक्री वितरण गर्ने ११ जना विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा चल्ने भएको छ।

गएको ३२ जेठ र १ असारमा दोधाराचाँदनी र भीमदत्त नगरपालिकाबाट पक्राउ परेका उनीहरूलाई मुलुकी अपराध संहिताअनुसार इलाज सम्बन्धी कसुरमा मुद्दा चलाइने मगंलबार पत्रकार सम्मेलन गर्दै प्रहरीले जनाएको छ ।

अवैध रुपमा यसरी मेडिकल सञ्चालनका कारण जनतामा एक किसिमको जोखिम पैदा भएको कञ्चनपुर प्रहरी एसपी कमल थापाले जनाएका छन । पत्रकार सम्मेलन मा सम्बोधन गर्दै उनले भने , “यसले समाजमा पारेको असरका विषयमा थप अनुसन्धान हुँदै छ । आगामी दिनमा यस्ता गैरकानुनी कार्य नियन्त्रण गर्न प्रहरीले पालिका स्तर सम्म नै आफ्ना गतिविधि अगाडि बढाउँछ।”

को को छन् पक्राउ पर्नेमा ?

प्रहरीले दोधाराचाँदनी नगरपालिका–७ कञ्चभोजमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल सञ्चालन तथा इलाज गर्ने भारत उधमसिंह नगर खटिमाका २६ वर्षीय सञ्जय बिश्वासलाई र कञ्चभोजमैं मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल सञ्चालन तथा इलाज गर्ने भारतको पिलिभित नौजलियाका ४६ वर्षीय राजेश बिश्वासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । दोधाराचाँदनी नगरपालिका–७ मिलन चौराहामा मेडिकल पसल सञ्चालन गरिरहेका भारतको पिलिभित महाराजपुरका ४५ वर्षीय सन्तोश सरकार र ४ नम्बर वडाको लट्ठाघाट चौराहामा मेडिकल चलाईरहेका पिलिभित रानिकलौनी पोष्ट मजौलाका ४४ वर्षीय सुधान्सु हल्दार र दोधाराचाँदनी–४ खल्ला चोकमा अवपैध मेडिकल चलाउने भारतको उधमसिंह नगर खटिमाका २३ वर्षीय रबि बिश्वास र वडा नम्बर ३ श्रेष्ठ चौराहामा मेडिकल चलाएर बसेका खटिमाकै ३२ वर्षीय कार्तिक सरकारलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले दोधाराचाँदनी नगरपालिका–१ मिलन चौराहामा अवैध मेडिकल चलाउने ३८ वर्षीये निवास गाइन, ३ नम्बर वडाको श्रेष्ठ चौराहामा मेडिकल चलाउने भारत उधमसिंह नगर खटिमा का ४९ वर्षीय निरन्जन अधिकारी र सोही वडाको देवीस्थानमा मेडिकल चलाइरहेका खटिमाका २५ वर्षीय भुपेन्द्र पुरीको पसल सिल गरी उनीहरुलाई औषधिसहित नियन्त्रणमा लिएको थियो । त्यस्तै, प्रहरीले १ असारमा भीमदत्त नगरपालिका–१३ बडैपुरमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल सञ्चालन तथा इलाज गर्ने सोही ठाउँका ३५ वर्षीय शान्तिरजन बैरागीलाई पक्राउ गरेको थियो । प्रहरीले सोही दिन भीमदत्त नगरपालिका–९ ब्रहमदेवमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल सञ्चालन तथा इलाज गर्ने भारतको जिल्ला नोदिया पोष्ट ग्राम ईटापुकुरका ३९ वर्षीय गोकुल मण्डललाई पनि पक्राउ गरेको थियो ।

दोधाराचाँदनी नगरपालिकामा एकै दिन इजाजतविना चलाइएका नौ औषधि पसलका भारतीय सञ्चालक र भीमदत्त नगरपालिकाभित्रका दुई अवैध मेडिकल सञ्चालक पक्राउ परेका थिए ।

साथै कञ्चनपुर जिल्ला प्रहरीले प्रकृतिक रूपमा उम्रिएका विभिन्न समयमा उखेलिएका १० हजार गाँजाका बोट जलाएर नष्ट गरेको छ ।

गाँजाको बिरुवाहरू जलाउँदै प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?