१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले रोके विद्रोह

काठमाडौं । रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोह रोकेका छन् । प्रिगोगिनले रुसको राजधानी मस्कोतर्फको आफ्नो यात्रा रोकेकोले विद्रोह गरेको वताएका हुन् ।

प्रिगोजिनले आफ्नो एकाइमा आक्रमण भएको दाबी गर्दै रुसको सैन्य नेतृत्वलाई आक्रमण गर्ने योजना बनाएका थिए ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले वाग्नर आर्मीका प्रमुखसँग कुरा गरेपछि रुसमा तत्काल विद्रोह टरेको थियो । प्रिगोगिनले सैन्य नेतृत्वलाई पराजित गर्ने अप्रत्याशित प्रयास स्वरुप शनिबार मस्कोतर्फ सशस्त्र समूह पठाएका थिए ।

अलेक्जेन्डरले प्रिगोगिनलाई लडाकुहरूलाई मस्कोतर्फ जान रोक्न प्रस्ताव गरेसँगै वाग्नर सेना प्रमुखले स्वीकार गरेका छन्।

रुसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको थियो । क्रेमलिनका प्रवक्ता दिमित्री एस पेस्कोभले वाग्नर आर्मीलाई कारबाही नगर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?