काठमाडौँ । प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती र सचिवालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न माग गरिएक छ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त माग राखेका हुन् ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीको सचिवालयमा ७९ जनाको दरबन्दी रहनु आवश्यकताभन्दा बढी भएको र भएका कर्मचारीलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकिएको बताउँदै उनले नीति तथा कार्यक्रममा उल्लेख भएका हातहतियार खरिद गर्ने विषय बजेटमा नल्याइनु विडम्बना भएको जनाउँदै संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटन लक्षित नयाँ कार्यक्रम नभएको बताए । सांसद गिरीले विना तयारी विमानस्थलको सङ्ख्या बढाउँदै मुलुकले आर्थिक नोक्सानी बेहोर्नेतर्फ पनि ध्यानाकर्षण गराएका थिए ।














